दलित भन्दै सांसदले समेत कोठा भाडामा दिइनन्
बझाङ–नापी कार्यालय बझाङमा अमिन पदमा कार्यरत महेश विक दलित भएकै कारण कोठा भाडामा नपाएर झण्डै एक महिनादेखि तनावमा छन् । सदरमुकाम चैनपुरबाट झण्डै एक महिना अगाडि नापी कार्यालय देवलमा सरेपछि उनी अर्को कोठा भाडामा लिन भौतारिए पनि दलित भएकै कारण पाउन नसकेका हुन् । छाउछुत हुने र देउता रिसाउने डरले यहाँका मानिसहरु अझै रुढीबादी परम्परादेखि त्रसित छन् । जिल्लालाई छुवाछुत मुक्त घोषणाका नाममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले लाखौ रकम खर्चेतापनि प्रभाव भने शुन्य छ । जयपृथ्वी नगरपालिका भित्रनै दलितको अवस्था दयनिय छ भने गाउँ घरको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । ‘कोठा भाडाका लागि पन्ध्र–बीस घरमा पुगे, घरमालिकलाई सोध्दा बिहान कोठा भाडामा छ भन्छन्, दलित भनेर थाहा पाएपछि बेलुका सामान लिएर जाँदा अनेकौँ बाहाना गरेर कोठा छैन भन्छन् । अब म कहाँ जाउँ ?’ पिडित महेशले दुखेसो पोखे । सांसद चन्द्रा जोशीको घरमा समेत बुझ्दा बिहान कोठा भाडामा छ भनेको तर दलित भनेर थाहा पाएपछि घर मर्मत गर्नु छ भनेर पन्छ्याएको उनले बताए । भाडामा कोठा नपाएर २ हप्ता सम्म कार्यालय सहयोगी सँगै सुतेर रात काटेको समेत उनले सुनाए । बझाङमा महिना दिन सम्म कोठा भाडामा नपाउँदा विभिन्न समस्या भोगेपछि उनले सांसद अफिलाल ओखेडालाई समाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन्, ‘ बझाङमा दलित भएकै कारण तपाई जस्तै सांसद चन्द्रा जोशीको बाँझो घरमा कोठा भाडामा नपाउनु यो कतिसम्म अत्याचारी हो ।’ जतिसुकै छुवाछुत मुक्त का कुरा गरेपनि बझाङ जिल्लामा दलित–दलितबीच नै छुवाछुत छ । ठूलो जातले सानो जातलाई गर्ने व्यवहार उस्तै छ । महिनावारी,सुत्केरी भएको बेला पनि छाउछुत हुन्छ भनेर अलग्गै राख्ने प्रचलन कायमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण