संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्छ : सभापति देउवा
बुधबार, ०३ चैत २०७२, १२ : ५८
काठमाडौँ - नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति, पदाधिकारी एवम् सदस्यलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले पार्टी भागबन्डाभन्दा पनि काँग्रेस एक ढिक्का बनाउनुपर्छ भने ।
“नयाँ संविधान निर्माण भए पनि सङ्घीयताको सवालमा सीमाङ्कनबारे मधेसी समुदायको असन्तुष्टि छ, त्यसलाई समाधान गर्दै संविधान कार्यान्वयन गर्नु चुनौतीपूर्ण छ, त्यसको नेतृत्व अब काँग्रेसले गर्नुपर्छ ।”–सभापति देउवाले भने ।
नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालाले विजय हुनेको त यसै पनि इतिहास लेखिन्छ, तर काँग्रेसले पराजय हुनेको इतिहास लेख्न सक्नुपर्छ भने । “पहिला नेताले कार्यकर्ता खोज्थे, तर अहिले कार्यकर्ताले नेता खोजिरहेका छन्, काँग्रेस यस्तो हुनुहँुदैन,” उनले भने । राष्ट्रियतालाई जोगाउँदै काँग्रेसको नेतृत्वमा राजनीतिक स्थिरता कायम गर्नुपर्ने उनको भनाइ छ ।
नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले अहिलेको नयाँ नेतृत्वले पार्टीलाई एक ढिक्का बनाउँदै मधेस समस्या समाधान गरी सहिदको सपना पूरा गर्नुपर्नेमा जोड दिइन् ।
केन्द्रीय सदस्य प्रकाशमान सिंहले मनोनीत केन्द्रीय सदस्यमा पराजय हुनेलाई मात्र स्थान दिनेभन्दा पनि सही मान्छे छान्नका लागि नेतृत्वलाई आग्रह गरे । उनले लामो समयदेखि हुन नसकेको काँग्रेसका भ्रातृ सङ्गठनको निर्वाचन जतिसक्दो चाँडो गर्नुपर्ने बताए ।
काँग्रेस काठमाडौँ शाखा सभापति कृष्ण सबुज बाँनियाले पार्टीभित्रको राजनीतिक भागबन्डाको अन्त्य गरिनुपर्ने माग गरे ।
–––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण