शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बेपत्ता भएका रिचार्जकार्ड व्यापारी मृत फेला

बुधबार, ०३ चैत २०७२, १२ : ५९
बुधबार, ०३ चैत २०७२

पाँचथर - सोमबारदेखि बेपत्ता भएका पाँचथर रवि बजारका स्थानीय व्यापारी दिनेश रेग्मी आज बिहान मृत अवस्थामा फेला परेका छन् ।

छिमेकी इलाम जिल्लाको फुँयतप्पा–७ को राउते भन्ने जङ्गलमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

रेग्मीको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल इलाम लगिएको छ । स्थानीयवासीका अनुसार चुरोट र मोबाइल रिचार्ज कार्डको होलसेल व्यापार गर्दै आएका २७ वर्षीय रेग्मी सोमबार दिउँसो ४ बजेदेखि सम्र्पकविहीन थिए । स्थानीयवासीका अनुसार रेग्मी पसलबाट सोमबार छिमेकी सराङडाँडा गाविसमा होम टिभी बिग्रेकाले बनाउन खबर आएको भन्दै मोटरसाइकलमा त्यसतर्फ लागेका थिए । रवि बजारबाट हिँडेपछि सम्पर्कविहीन रहेका उनको मोटरसाइकल १५ मिनेट जतिको दूरीमा रहेको छिमेकी इलाम जिल्लाको फुँयतप्पा–७ को राउते भन्ने जङ्गलमा लडाएको अवस्थामा भेटिएको थियो ।

सोमबार बेलुका आइपुग्ने भन्दै हिँडेका उनी अबेरसम्म नफर्केपछि छिमेकीले उनको पसल भने बन्द गरिदिएर मङ्गलबार बिहानै प्रहरीमा खबर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप