नवलपरासीमा फलाम खानीको विस्तृत अध्ययन हुदै
कावासोती - नेपालमा अहिलेसम्मकै ठूलो फलाम भण्डार भएको पत्तालागेको नवलपरासीको धौवादीमा खानी तथा भूगर्भ विभागका भूगर्भविद् (जिओलोजिस्ट) विस्तृत अध्ययनका लागि खटिएका छन् । छ वर्ष अगाडि यहाँ ठूलो फलाम भण्डार पत्ता लागेपछि खानी तथा भूगर्म विभागका अधिकारीसमेत आश्चर्यमा परेका थिए । कोइलालगायतका खनिज खोज्न त्यहाँ पुगेका उनीहरूले एकै ठाउँमा २० करोड टन फलामको सम्भावना भेटेका थिए । कच्चा फलामको भारतीय बजारलाई आधार मान्दा यो रु २३ खर्बभन्दा बढीको भण्डार हो ।
विभागले यो खानीको विस्तृत अन्वेषण र उत्खननका लागि काम गरेको हो । धौवादीबाट नेपालको वर्षौंसम्मको आवश्यकता पूरा हुने खानी तथा भूगर्भ विभागले जनाएको छ ।
एक सय हेक्टर क्षेत्रफलभित्र चालु वर्षको अन्तिमसम्ममा विस्तृत सर्भेसक्ने गरी काम भइरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वोजितप्रसाद महतोले बताए ।
धौवादी र धौवादीकै पोखरीमासमेत उत्खननका बारेमा अध्ययन भइरहेको छ । जसका लागि एकहप्ता अगाडिदेखि जियोलोजिस्टद्वय नारायण बाँस्कोटा र नरेश महर्जन काममा खटिएका छन् ।
उनीहरुले एक महिना लगाएर यहाँ काम गर्नेछन् । धौवादीको फलाम गुणस्तरीय रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । विस्तृत अध्ययनबाट उत्खनन् सम्भावना र लागतको हिसाब आएपछि आर्थिक लाभको दृष्टिले यो खानी कत्तिको लाभदायक छ भन्न सकिने महानिर्देशक महतोले बताए ।
सम्भावना देखिएका ठाउँमा पनि कति परिमाण र कुन गुणस्तरको फलाम छ भनेर अध्ययन हुनसकेको छैन । कमसल धाउ ९पगालेको कच्चा फलाम० सिमेन्ट उत्पादन तथा भाँडाकुडा बनाउन प्रयोग हुने कीटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधन गरिएको फलाम स्पात, स्टिल, छड इत्यादि बन्छ । सिमेन्टको क्लिङ्कर उत्पादन नेपालमै सुरू भए पनि धाउका लागि भारतमै निर्भर हुनुपरेको छ ।
धौवादीमा विभागले उत्खनन्का बारेमा विस्तृत अध्ययन थालेपछि यस क्षेत्रका बासिन्दा हौसिएका छन् । कालो पत्थरको यो पहाडमा चुम्बक सजिलै समात्ने ढुङ्गा भेटिने भएका कारण साना –साना बाललिका समेत चुम्बक लिएर ढङ्गासँग खेल्ने गरेका थिए । बोझा पोखरीका कुलबहादुर ठाडाले भन्नुभयो–‘यहाँ फलाम खानीको रुपमा काम भए हाम्रो जीवननै फेरिने थियो’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण