पाँच दिनदेखि सडक बन्द, सर्वसाधारण मर्कामा
ताप्लेजुङ-उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्गअन्तर्गत सुकेटार–थिवा सडक खण्ड विगत पाँच दिनदेखि बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
सो खण्डमा पर्ने याफ्रे खोलामा बेलिब्रिज निर्माण सुरु भएपछि अहिले यातायात नै बन्द गरिएकाले सर्वसाधारण पैदल हिँड्न बाध्य छन् भने खाद्यान्न लगायतका सामाग्री ढुवानीमा समेत समस्या भएको छ ।
ताप्लेजुङ सदरमुकामदेखि थिवासम्म पुग्न सवारीसाधनमा करिब चार घन्टा समय लाग्ने गरेको छ । यो मार्गमा हिँड्दा करिब एक दिन नै लाग्ने गर्छ । थिवा क्षेत्रबाट दैनिक दर्जनौँ सर्वसाधारण सदरमुकाम ओहोरदोहोर गर्ने गर्दछन् भने दुईवटासम्म ढुवानीका सवारीसाधन नियमित चल्ने गरेका छन् ।
यस्तै, यस खण्डमा दुईवटा यात्रुवाहक ट्याक्सी चल्ने गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रका लिङ्खिम, तापेथोक, लेलेप, ओलाङ्चुङगोला, फुरुम्बो लगायतका स्थानीयवासी यही मार्ग हुँदै सदरमुकाम ओहोरदोहोर गर्ने गरेका छन् । ढुवानीका सवारीसाधन नचल्दा अहिले खच्चर र भरियाको भरमा सामान ओसार–पसार गर्ने गरिएको र यसरी ढुवानी गर्दा महङ्गो मूल्य तिर्नुपर्ने बाध्यता भएको स्थानीयवासीले बताएका छन् ।
लामो समयसम्म यातायात बन्द हुने भएकाले आफूहरु मारमा परेको स्थानीयवासीले बताएका छन् । यता बेलब्रिज निर्माण कार्य कहिले सम्पन्न हुन्छ भन्ने कुनै टुङ्गो छैन । ओलाङ्चुङगोला लोकमार्ग आयोजनाले चैत १ गते देखि बेलब्रिज निर्माण कार्य सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
-
सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण