औषधि अभाव हुँदा सर्पदंश उपचार केन्द्र बन्द हुने अवस्थामा
कञ्चनपुर - सर्पदंशका बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले कञ्चनपुरको अर्जुनीमा स्थापना भएको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएको छ ।
नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायद्वारा सञ्चालनमा ल्याइएको उपचार केन्द्रमा ‘एन्टी स्नेक भेनम’को अभाव भएको हो । निःशुल्क रुपमा औषधि उपलब्ध गराउनका लागि सरकारी निकायले चासो नराख्दा सर्पदंशका बिरामीलाई सेवा दिन नसकिने अवस्था रहेको केन्द्रका अध्यक्ष लोकेन्द्र ऐरीले बताए । “औषधि अभाव भएपछि सर्पदंशका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था सिर्जना भएको छ” – उनले भने ।
यसैगरी, सर्पदंशका बिरामीलाई सहज रुपमा सेवा दिनका लागि निर्माण थालिएको भवनसमेत रकम अभावले अलपत्र परेको छ ।
जिल्ला विकास समिति कञ्चनपुरले रु एक लाख २५ हजार र झलारी पिपलाडी नगरपालिकाले रु एक लाख ५० हजार रकम प्रदान गरेर निर्माण थालेको भवनको छाना राख्नका लागि रकम अपुग भएपछि अलपत्र परेको हो । निर्माणाधीन चारकोठे भवनका लागि अझै रु १२ लाख आवश्यक पर्छ अध्यक्ष ऐरीले भने – “रकम जुटाउनका लागि दातृनिकायसँग आग्रह गरेका छौँ ।” हालसम्म कुनै पनि निकायबाट रकमको व्यवस्था नहुँदा केन्द्रको भवन निर्माणको कार्य चार महिनादेखि अलपत्र परेको उहाँले बताए ।
गत वर्षदेखि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र नेपाली सेनाकै ब्यारेकको कोठामा सञ्चालन हुँदै आएको छ ।
उपचार केन्द्रमा एक वर्षअघि निःशुल्क रुपमा ५० बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
-
एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद
-
कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
-
हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
-
तेल आपूर्तिका सबै विकल्प कमजोर, विश्व बजारमा थप संकटको खतरा
-
काठमाडौँमा लागुऔषधको मुद्दा २ सयले बढ्यो, १ हजार ७३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण