परीक्षण नै नभएको जहाजमा चीन उँडे प्रधानमन्त्री
काठमाडौं, चैत ७– प्रधानमन्त्री केपी शर्मा ओली झण्डै व्यवसायीसहितको १०० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् । भारत भ्रमणबाट फर्किएको ठिक एक महिनापछि प्रधानमन्त्री ओली साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका हुन् । उनी अहिलेसम्म परीक्षण उडान नै भइनसकेको हिमालयन्स एअरलाइन्सको जहाज चार्टर्ड गरेर चीन प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीमा ५६ जना औपचारिक सदस्य रहेका छन्, जसमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत रहेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङ र समकक्षी ली खस्याङ सँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।भ्रमणका दौरान पारवहन सम्झौता, ट्रेड समझदारी, नेपालमा चिनियाँ बैंकको शाखा विस्तार, काठमाडौंमा मोनो रेल, तातोपानी नाका सुचारु, जस्ता विषयको समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ । प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा प्रवचन दिने र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन सम्बन्धमा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्ने बताइएको छ । एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य : नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनमा चैत ११ मा अतिथिका रूपमा सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ ।
प्रमण पूरा गरि ओली आगामी चैत १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
-
एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद
-
कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
-
हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
-
तेल आपूर्तिका सबै विकल्प कमजोर, विश्व बजारमा थप संकटको खतरा
-
काठमाडौँमा लागुऔषधको मुद्दा २ सयले बढ्यो, १ हजार ७३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण