हिन्दू धर्ममाथि प्रहार गर्नेलाई बदला लिने चेतावनी
पोखरा –सनातन हिन्दू धर्ममाथि प्रहार गर्ने जो कोहीलाई वदला लिने एक कार्यक्रमका वक्ताले चेतावनी दिएका छन् । विश्व हिन्दू महासंघ पश्चिमाञ्चल क्षेत्रीय समितिको प्रथम सम्मेलनको उद्घाटनका अवसरमा आईतवार पोखरामा आयोजित कार्यक्रमका वक्ताहरुले सो चेतावनी दिएका हुन् । वक्ताहरुले हिन्दूधर्मलाई मास्नकोलागि देशमा पश्चिमा राष्ट्रहरुले ठूलो लगानी गरेको भन्दै सो तर्फ सचेत हुनु पर्ने वताए । उनीहरुले कतिपय हिन्दू हौं भन्दै हिड्नेहरुले नै भित्री रुपमा पैसा खाएर हिन्दू धर्म मास्न खोजेको आरोप लगाए । सो अवसरामा वोल्दै विश्व हिन्दू महासंघका अध्यक्ष निलप्रसाद भण्डारीले हिन्दू धर्म संरक्षणको लागि देशको पूर्व पश्चिमसम्म अभियान नै चलाउनु पर्ने वताए ।
सभासद शारदा पौडेलले नेपालमा सनातन हिन्दू राज्य नै आवस्यक भएको वताईन् । उनले सनातन धर्म छोडेर अन्त जाँदा मुलुकका नागरिकले दुःख पाएको गुनासो गरिन् ।
सभासद कुमारवहादुर खड्काले संसदमा हिन्दू धर्मको कुरा उठाउँदा राप्रपा नेपालले समेत आफूलाई समर्थन नगर्दा आश्चर्य लागेको वताए ।
व्राह्मण समाज नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीले नेपालमा करिव ५ सय जना हिन्दू धर्म संम्वन्धि ज्ञान भएका प्रशिक्षक उत्पादन गर्न सके काफी हुने धारणा व्यक्त गरे ।
गण्डकी अञ्चल संयोजक पुष्पराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य नन्दप्रसाद अर्याल, उपाध्यक्ष नवराज भण्डारी, जिल्ला अध्यक्ष सुशीलराज पराजुली लगायतले आ आफ्ना भनाई राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण