प्रेमीका विनाका ‘प्रेम गीत’
काठमाडौ – सर्पले झैँ डसेर गयौ, तर अझै तिम्रै भलो चिताउँदै छु तिमिले झैँ सकिन भुल्न, रुँदै जीवन विताउँदै छु । यो वर्षको विन्ध्यावासिनी म्यूजिक अवार्डको टप फाईभ मनोनयनमा पर्न सफल यी शब्द झट्ट सुन्दा गहिरो प्रेम विछोडमा परीणत भएपछि विरक्तिएको बैरागीका भावना जस्तै छन् । छोडेर जाने मायालुको संझनामा रचिएको भावना जस्तो यी शव्द रचना गर्ने गीतकार भने आफै अनुभव बिहीन छन् प्रेममा । तर अनुभवि प्रेमीले जस्तो यथार्थपरक शव्दहरु रचना गर्ने रचनाकार हुन् गीतकार तथा संगीतकार अनिल खनाल । सानै उमेरदेखि शब्द सिर्जनामा लागेका खनालले रचना अनुभवबाट मात्रै नभई मनबाट आउने कुरा भएको बताउँछन् । भन्छन् – ‘एउटा गीतकार तथा कवि भईसकेपछि अरुलाई दुःख्दा आफू दुःख्न जान्नुपर्छ, अरुले रुँदा आफूले रुन सक्नुपर्छ र अरुको भोगाईलाई आफूले गीतमा उतार्न सक्नुपर्छ ।’ १६ वर्षको उमेरदेखि संगीत क्षेत्रमा पाईला टेकेका खनाल अहिलेसम्म दर्जन बढी गीतमा शव्द सिर्जना गरीसकेका छन् र त्यतीकैमा संगीत पनि । आफ्नो पहिलो एल्वम ‘अनिल’ मार्फत नेपाली सांगीतक क्षेत्रमा पाईला टेकेका खनाल संगीतका हरेक विधामा कलम चलाउन सक्ने प्रतिभा हुन् र कुशल गजलकार पनि । मेरी सानु कहाँ होलिन्, सर्पले झै डसेर गयौँ, बनाएर मायाको भत्काएर घर, खाली खाली छु, लगायतका दर्जन बढी गीत रचना गरेका खनालका गीत स्वरुपराज आचार्य, मौसम मधुर, सन्तोष प्रगाढ, समिप कोईराला, सुनितामी परीयार, उर्मिला राई, देवि घर्ति, प्रेम बर्देवा, पूर्णकला विसी, राम कुमार बस्नेत लगायतको स्वरमा रेकर्ड भईसकेका छन् । लोक, आधुनिक, पप, चलचित्र र ¥यापगीतमा समेत शव्द संगीत भरीसकेका खनाल पछिल्लो समय धेरैको रोजाईमा परेका गीतकार हुन् । ‘सर्पले झैँ डसेर गयौ भन्ने पहिलो गीत चलेका गीतकारको जस्तै राम्रो भएर मैले निकालेको हो’ विध्यवासिनी म्यूजिक प्रालिका प्रवन्ध निर्देशक सुवास रेग्मी भन्छन् ‘ठाउँ पायो भने राम्रो गर्ने संभावना मैले देखेको छु। ’ अहिलेको समयमा धेरै संभावना बोकेका तथा व्यस्त गीतकार संगीतकार मध्येमा पर्छन् उनि । ‘नेपाली चलचित्र, आधुनिक, लोक, पप गरेर तत्कालै एक दर्जन बढी गीत आउने तयारीमा छन्’ उनी भन्छन् ‘सबैले माया गर्नुहुन्छ, खुसी लाग्छ ।’ आँशु प्यारो छ, मर्छु अव त, झिल्के लगायतका गीत र केही चलचित्रका गीत समेत उनका तत्कालै आउने गीत हुन् । पछिल्लो समयमा उनले चर्चित पप गायक नविन के भट्टराईको एल्वममा समेत काम गर्न लागेको समेत जानकारी दिए । माध्यमिक कक्षा पढ्दा पढ्दै गीत संगीतको क्षेत्रमा लागेका गुल्मीको पिपलधारा ७ कटौँजेका स्थायी बासीन्दा खनाल शुरुमा केही सञ्चारमाध्यममा काम गरे र गीतकारको रुपमा राजधानी पसे । अहिले गीत लेख्दै संगीत भर्दै व्यस्त उनी जसरी प्रेममा गीत लेख्छन त्यसमा आफ्नो अनुभव भने नभएको बताउँछन् । ‘अहिलेसम्मका प्रेम गीत प्रेमिका विनाकै हुन्’ खनालले रातोपाटीसंग खुलेर भने ‘मन मिल्ने आए भने अव अनुभव सहितका गीत पनि लेखौला नि !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण