सम्पत्ति विवरण नबुझाएको भन्दै कनकमणिसहित साझा यातायातका २७ जनालाई जरिवाना
काठमाडौं – आर्थिक वर्ष २०७१/७२ को सम्पत्ति विवरण नबुझाएको भन्दै साझा यातायात सञ्चालक समितिका ५ जनासहित २७ कर्मचारीसँग जरिवाना माग गरिएको छ । सम्पत्ति विवरण नबुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ कर्मचारीसँग ५ हजार रुपैयाँ जरिवाना माग गरेको हो । अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले दिएको जानकारी अनुसार राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाएको भन्दै अख्तियारमा पठाएको पत्रका आधारमा प्रतिव्यक्ति ५ हजार रुपैयाँ जरिवाना गरिएको हो । साझा यातायातमा ७१.८२ प्रतिशत सरकारी सेयर रहेका कारण वार्षिक रुपमा सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । तर, लामो समयदेखि सम्पत्ति विवरण नबुझाएको पाइएको हो । ‘०७१/७२ भन्दा अघि पनि सम्पत्ति विवरण नबुझाएको पाइएको छ । त्यसका लागि भौतिक निर्माण मन्त्रालयबाट आवश्यक कारवाहीका लागि पत्र पठाइएको छ,’ पुस्करले जानकारी दिए । यसरी जरिवाना माग गरिएकामा सञ्चालक समितिका कनकमणि दिक्षित, शंकरराज जोशी, बन्दना थापा, भूषण तुलाधरलगायत रहेका छन् । त्यस्तै लेखा समितिबाट ३ जना तथा १९ जना कर्मचारीबाट पनि जरिवाना माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
-
हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
-
तेल आपूर्तिका सबै विकल्प कमजोर, विश्व बजारमा थप संकटको खतरा
-
काठमाडौँमा लागुऔषधको मुद्दा २ सयले बढ्यो, १ हजार ७३ जना पक्राउ
-
काठमाडौँमा मिटरब्याजसम्बन्धी २८७ वटा उजुरी
-
भदौ २४ का दोषीलाई कारबाही गर्न सरकारसँग माधव नेपालको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण