शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुरक्षा कारबाहीमा १५ तालिवान विद्रोही मारिए

शनिबार, २० चैत २०७२, १८ : १५
शनिबार, २० चैत २०७२

काबुल–अफगानिस्तानमा विद्रोह गरिरहेका तालिवान लडाकूका विरुद्ध अफगानिस्तानका विभिन्न प्रान्तमा गरिएको सुरक्षा कारबाहीमा परी शनिबार कम्तीमा पनि १५ जना तालिवान लडाकूको मृत्यु भएको छ ।

गत २४ घण्टाभित्र अफगानिस्तानका विभिन्न प्रान्तमा गरिएको तालिवानविरुद्धको सशक्त कारबाहीमा ती आतङ्ककारी मारिएका अफगान गृह मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

अफगान प्रहरी, सैनिक र गुप्तचर निकायको समेत सहभागीतामा भएको यस कारबाहीको क्रममा थप १० जना आतङ्ककारी पक्राउ पर्नुका साथै अन्य ११ जना घाइते भएका पनि सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

विज्ञप्तिका अनुसार सुरक्षा कारबाहीका क्रममा केही अफगान सैनिक पनि घाइते भएका छन् । तर के कतिजना सैनिक घाइते भएका थिए भन्ने बारेमा भने केही बताइएको छैन ।

कारबाहीको क्रममा सुरक्षा अधिकारीहरुले भारी मात्रामा हातहतियारसमेत बरामद गरेको बताइएको छ । तर ती हतियारका बारेमा भने केही जानकारी दिइएको छैन ।

तर यसबारे तालिवान विद्रोहीबाट कुनै प्रतिक्रिया आइसकेको छैन । प्राप्त पछिल्लो समाचारमा तालिवानहरुले हाल त्यहाँ आक्रामक रुपमा आक्रमण गर्ने गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप