भ्यानुआतुका ६.९ रिक्टर स्केलको भूकम्प
आइतबार, २१ चैत २०७२, १६ : ४६
सिड्नी-भ्यानुआतु द्वीपमा आइतबार ६.९ रिक्टर स्केलको भूकम्प गएको छ । तर सो भूकम्पपछि सुनामी चेतावनी भने हटाइएको छ ।
यस भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रको ३० किलोमिटर गहिराईमा १४.२ डिग्री उत्तरी आक्षांस र १६६.८ पूर्वी देशान्तरमा रहेको जानकारी दिएको छ । यस भूकम्पको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
सुरुमा यो भूकम्प ७.२ रिक्टर स्केलको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको थियो । सो संस्थाका अनुसार राजधानी सहर भिलाबाट ४०७ किलामिटर टाढा यसको केन्द्रविन्दु रहेको छ ।
यस भूकम्पबाट हालसम्म मानवीय र एवम् भौतिक सम्पत्ती क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ ।
भ्यानुआतुमा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण