शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपाली काँग्रेस दलको कार्यसमितिका निर्वाचन : यस्ता छन् विजेताहरुको नामावली

शुक्रबार, २६ चैत २०७२, १५ : ३७
शुक्रबार, २६ चैत २०७२

नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको आज सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

काँग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एक/एकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार आरक्षणका विभिन्न १५ पदका लागि निर्वाचन भएको हो ।

पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उनी बिहीबार नै निर्विरोध निर्वाचित भएका थिए । आज बिहान ९ देखि दिउँसो १२ बजेसम्म निर्वाचन भएको थियो । आजको निर्वाचनमा पनि सभापति शेरबाहदुर देउवा र नेता रामचन्द्र पौडेलको प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।

काँग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन विद्युतीय मतदानबाट भएको हो । कार्यसमितिमा २२ पदको निर्वाचनसँगै कम्तीमा तीन महिलासहित नौजना मनोनीत हुने दलको विधानमा व्यवस्था छ । त्यसबाहेक समितिमा संसदीय दलको नेता र उपनेतासहित महामन्त्री, प्रमुख सचेतक, सचेतक र पार्टी सरकारमा भएको अवस्थामा कानुनमन्त्री पदेन सदस्य हुने प्रावधान छ ।

यस्ता छन् विजेताहरुको नामावली प्रदेश नं. १ दीपक खड्का प्रदेश नं. २ प्रेमकिशोर प्रसाद साह तेली प्रदेश नं. ३ ध्यानगोविन्द रञ्जित प्रदेश नं. ४ रामचन्द्र पोखरेल प्रदेश नं. ५ विक्रम खनाल प्रदेश नं. ६ तप्तबहादुर विष्ट प्रदेश नं. ७ भरतबहादुर खड्का समानुपातिक समावेशी प्रतिनिधित्व समूह मधेशी (महिला) दुई पदका लागि प्रमिला देवी दास रश्मी ठाकुर मधेशी पुरुष एक पदका लागि राम अयोध्या प्रसाद यादव दलित महिला एक पदका लागि आशा वि.क दलित पुरुष एक पदका लागि नरभान कामी आदिवासी जनजाती महिला दुई पदका लागि उषा गुरुङ ज्ञान कुमारी छन्त्याल   आदिवासी जनजाती पुरुष दुई पदका लागि आङटावा शेर्पा तीर्थबहादुर लामा खस आर्य महिला दुई पदका लागि गिता वाग्ले मधुशाही ठकुरी खस आर्य पुरुष एक पदका लागि राजेन्द्र कुमार के.सी थारु एक पदका लागि भोटनीदेवी खवास मुस्लिम एक पदका लागि अब्दुल रज्जाक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप