यमन र सिरियामा युद्ध अन्त्यका लागि सहयोग गर्न केरीको आग्रह
मानामा– सिरिया र यमनमा जारी रहेको युद्धको अन्त्यका लागि अमेरिकी विदेशमन्त्री जोन केरीले इरानलाई आग्रह गरेका छन् ।
बहराइनको भ्रमणका क्रममा विदेशमन्त्री केरीले इरानलाई सो आग्रह गरेका हुन् । उनले अमेरिकी विदेशमन्त्रीको हैसियतमा गएको सन् २०१० पछि पहिलो पटक बहराइनको भ्रमण गरेका हुन् ।
उनले भने– कतिपय अरेबियाली देशहरूमा हाल जारी रहेको द्वन्द्वको अन्त्यका लागि अब हामीलाई इरानले सहयोग गर्नुपर्छ । हामीले इरानको सहयोगको अपेक्षा गरेका छौँ ।
मानामामा पत्रकार सम्मेलनमा बोल्दै उनले भने– अब इरान विश्व समुदायको एक रचनात्मक सदस्य राष्ट्रका रूपमा रहनुपर्छ र उसले पनि विश्वमा शान्ति र स्थायित्वका लागि सघाउनुपर्छ ।
सिरियमा पछिल्लो समयमा अमेरिका र रसियाका कारण युद्धविराम भएको छ । यस क्रममा कुनै हिंसात्मक घटना नभएको भए पनि करिब महिना दिनदेखि सुरु भएको यस पहलपछि पनि शान्तिवार्ताको प्रक्रिया भने सार्थक रूपमा सुरु हुन सकिरहेको छैन ।
यमनमा गत वर्षदेखि पुनः हिंसा भड्किएको छ । हुथी विद्रोहीहरूले त्यहाँ हिंसा सुरु गरेको बताइएको छ । जसका कारण त्यहाँको अवस्था पनि निकै नाजुक बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण