शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

संवैधानिक परिषद्ले फेरि पनि सिफारिस गर्न सकेन प्रधानन्यायाधीस

शुक्रबार, २६ चैत २०७२, २० : १०
शुक्रबार, २६ चैत २०७२

काठमाडौं – सर्बोच्च अदालतमा नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको बसेको संवैधानिक परिषद्को बैठक बिना कुनै निर्णय गर्दै टुङ्गिएको छ । शुक्रबार नयाँ प्रधानन्यायाधीशको सिफारिसका विषयमा छलफल भए पनि बैठक बिना निष्कर्ष टुंगिएको हो । चैत ३० गतेदेखि हालका प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवकाश पाउने भएकाले नयाँ प्रधानन्यायाधीश नियुक्ति गर्न लागिएको हो ।

वरिष्ठताको हिसाबले अबको प्रधानन्यायाधीश सुशीला कार्की हुनेछिन् । बैठक आगामी आइतबार फेरि बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप