नयाँ बर्षमा “लुम्बिनी जाऔं, लुम्बिनीमै खाऔं, लुम्बिनीमा रमाऔं”
भैरहवा - नयाँ बर्षको अवसरमा लुम्बिनीमा दोश्रो सडक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । “लुम्बिनी जाऔं, लुम्बिनीमै खाऔं, लुम्बिनीमा रमाऔं” भन्ने मूल नारा सहित उद्योग ब्यापार संगठन रुपन्देही, उद्योग ब्यापार संगठन रुपन्देही लुम्बिनी शाखा र होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठनको संयुक्त आयोजनामा यहि बैशाख १ गते सडक खाना महोत्सव हुने भएको हो । आयोजकले लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरि कार्याक्रमबारे जानकारी गराएको छन् । लुम्बिनीमा रहेको होक्के होटल, होटल कासाई लगायत अन्य होटल तथा रेष्टुरेण्टका परिकारको स्वाद दर्शकले सडकमै लिन सक्ने आयोजकले बताई । कार्यक्रमबारे जानकारी दिँदै उद्योग ब्यापार संगठन रुपन्देही लुम्बिनी शाखाका अध्यक्ष कृष्णबहादुर गुरुङ्गले लुम्बिनी क्षेत्रमा रहेका प्राय सबै होटलहरुको यस महोत्सवमा स्टल रहने बताए । उनले बैशाख १ गते लुम्बिनीमा आन्तरिक पर्यटकको साथै बाह्य पर्यटकको समेत घुइचो लाग्ने गरेको कारण त्यस दिन करिब १ लाख जना कार्यक्रममा सहभागि हुने अनुमान रहेको बताए । लुम्बिनी घुम्न आउने पर्यटकहरु तथा स्थानीयहरुलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको गुरुङ्गको भनाई छ । लुम्बिनीको पर्सा चोकमा १ गते दिउसो ११ बजेबाट शुरु हुने उक्त महोत्सवमा स्थानिय कलाकारका साथै राष्ट्रिय स्तरका कलाकारको प्रस्तुतिबाट पर्यटकहरु मनोरन्जन लिन सक्ने आयोजकको भनाई छ । कार्यक्रममा भोजपूरी गायक र नेपाली कलाकारहरुको समेत प्रस्तुति रहने छ । गौतम बुद्धको जन्मस्थली लुम्बिनी सरकारले नै ओझेलमा पार्ने काम भईरहेको अवश्थामा उद्योगीहरुले पहल गरि यसलाई चिनाउन पहल गर्ने प्रयास स्वरुप कार्यक्रम गर्न लागेको उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । नयाँ बर्षमा लुम्बिनी भ्रमण गरी कार्यक्रममा सहभागी भई भब्य रुपमा सफल बनाउन आयोजकले सबैलाई आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण