शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं आउँदै गरेको बुद्ध एयरको विमान विराटनगरमा आकस्मिक अवतरण

शुक्रबार, २६ चैत २०७२, २० : १२
शुक्रबार, २६ चैत २०७२
[caption id="attachment_42325" align="alignleft" width="500"] file photo[/caption]

काठमाडौं – झापाको भद्रपुरबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विराटनगर विमानस्थलस्थित बुद्धएयरका प्रतिनिधिका अनुसार कलसाइन ९एन एजेएक्स भएको विमान करिब १ बजेर १० मिनेटजाँदा विराटनगर विमानस्थलमा अवतरण गरिएको हो ।

काठमाडौं पुग्नुपर्ने विमानमा आकाशमै रहेको बेला समस्या देखिएपछि विमानका क्याप्टेनले आकस्मिक अवतरण गर्ने निर्णय लिएका थिए ।

‘विमानमा समस्या देखिएपछि क्याप्टेनले विराटनगर विमानस्थलमा ल्याण्ड गर्ने निर्णय लिनुभएको हो । काठमाडौंसम्म पुग्दै नपुग्ने होइन तर क्याप्टेनले रिक्स नलिने भनेर इन्जिनियरलाई देखाएर मात्र उडान गर्ने बताउनुभएको छ,’ बुद्धएयरका एक कर्मचारी भने । उनले समस्या यकिन गर्नका लागि इन्जिनियरहरु आउँदै गरेको जानकारी दिए । ७२ जना यात्रु बोक्ने क्षमता भएको उक्त एटिआर ७२ विमानमा ६८ जना यात्रु रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप