शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

UPDATE : भूकम्पले थलिएको सिन्धुलीमा अर्को पीडा : दलित वस्तीमा भएको आगलागी नियन्त्रणमा आएन

शुक्रबार, २६ चैत २०७२, १७ : ५०
शुक्रबार, २६ चैत २०७२
  काठमाडौं–सिन्धुलीको भुवनेश्वरी गाविसमा शुक्रबार बिहान आगलागी हुँदा एउटा प्रावि स्कुलको साथै ३५ भन्दामाथि घर जलेर नष्ट भएको छ । बिहान ११ बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । जंगलबाट फैलिएर आएको डढेलोका कारण आगलागी भएको प्रहरीले जनाएको छ । भुवनेश्वरीस्थित एक डाँडाबाट सुरु भएको आगलागीले गाउँ नै पुरै नष्ट भएको छ । आगलागीमा परेर स्थानीय मुर्गी प्रावि पनि जलेर पुरै नष्ट भएको सिन्धुलीका प्रहरीनिरीक्षक सर्वश्री सिंहले रातोपाटीलाई जानकारी दिए । आगो नियन्त्रण गर्न स्थानीयबासीहरूलार्इ निक्कै गाह्र्रो परीरहेको छ । वडा नं.९ का ११ घरधुरी र वडा नं.७ का झन्डै २५ घरधुरी जलेर नष्ट भइसकेको छ । भौतिक क्षतिको र मानवीय क्षतिको भने वास्तविक विवरण आइसकेको छैन् । हालसम्म पनि आगलागी निभाउन दमकल आएपनि तल सडकमै नै रहेको छ । अर्को गाउँमा आगो सल्कियो चाँडै आगो नियन्त्रणमा लिन नसके वितिजोर गाविस तर्फका घरहरूतिर जाने सम्भावना रहेको प्रहरीले जनाएको छ । भुवनेश्वरीमा लागिरहेको आगलागि नियन्त्रणका लागि यतिवेला ठूलो स्रोत र साधन परिचालन गरिए पनि आगो नियन्त्रणमा आउन सकेको छैन् । अलिहे उक्त ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी, आर्मी र स्थानीय मिलेर आगलागी नियन्त्रणको प्रयास जारी छ । आगो अहिले वडा नम्बर ६ तिर सल्किसकेको छ । स्थानीयवासीहरु रुँदै कराउँदै आगोलाई नियन्त्रणमा ल्याउन खोजे पनि सकिरहेका छैनन् । माटो, पानी र स्याउलाको भरमा आगो निभाउन खोजेपनि नसकिरहेको प्रहरीले जनाएको छ । राहत सामग्री बोकेर सिडिओ आगलागी भएको ठाउँमा यतिवेला सिन्धुलीमाढी सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्की, प्रहरी उपरीक्षक उमाशंकर पंजियारसहितको टोली आगलागी पिडितहरूका लागि राहत सामाग्री लिएर त्यसतर्फ लागेका छन् । आगोले ठूलो विनास गर्ने देखिएको छ । त्यसक्षेत्रका स्थानियहरू निक्कै त्रसित भएर उद्दारको काममा लागिरहे पनि नियन्त्रणमा नआउँदा स्थानीयवासी चिन्तितमा छन् । हावाहुरी वेजोडसँग चलेका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । नेपाली सेना सहितको उदार टोली आगलागी क्षेत्रमा आगलागी नियन्त्रणका लागि नेपाली सेनाको टोली उक्त क्षेत्रमा परिचालन गरिएको छ । अहिले नेपाली सेनाको टोली पुगेर आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेको छ । सुरूदेखि नै नेपाल प्रहरी खटिरहेको छ भने थप उद्दारको कामका लागि सशस्त्र प्रहरी समेत उक्त क्षेत्रमा पठाइएको छ । आगो मध्यपहाडी लोकमार्ग नजिकका गाउँमा समेत आउन सक्ने सम्भावना रहेकाले दमकल उक्त क्षेत्रमा पुर्याइएरराखिएको छ । आगो नियन्त्रणमा लिने प्रयास जारी भएपनि हावाहुरीका कारण सफल हुन सकेको छैन् । तस्बिर : गौरव कार्की  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप