नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट खरिद गर्न सकिने
काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तरगत आगामी बैशाख ४ गते सनिबार र ६ गते सोमबार नेपाल र नामिबियाबीच क्रिकेट खेल हुँदैछ । कीर्तिपुरस्थित् टि.यु खेल मैदानमा हुने अन्तराष्ट्रिस्तरको एकदिवशिय खेलका लागि आइसीसीले टिकट विक्री तथा व्यवस्थापनको आधिकारिक प्रतिनिधीका रूपमा इसेवा फोन पे प्रा. लि. लाई नियुक्त गरेको छ । इसेवाले बिहीबारदेखि नै अनलाइन टिकट विक्री वितरणको काम सुरू गरिसकेकोे छ । सय रूपैयाँ मूल्य तोकिएको टिकट इसेवा एकाउण्ट भएका ग्राहकले सिधै इसेवा https://ticket.esewa.com.np मार्फत् अनलाइन टिकट खरिद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन, इसेवा पोइन्ट) मा गइ अनलाइन टिकट खरिद गर्न सकिनेछ । उपत्यकामा मात्र इसेवाका करिब ५ हजार जोन, पोइन्ट रहेका छन् भने नेपालभर १७ हजार भन्दा धेरै जोन पोइन्ट रहेका छन् । कीर्तिपुर खेल मैदानको क्षमता सिमित भएकोले शुक्रबार अगाबै पनि टिकट बिक्री रोकिन सक्ने इसेवा फोन पे. प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताए । सन् २०१९ को विश्वकप छनोट खेल खेल्नका लागि नेपाल टप फोरमा पुग्नैपर्ने हुन्छ । यसकारण पनि यो खेल नेपालका लागि धेरै नै महत्वपूर्ण छ । घरेलु मैदानमै हुन लागेको महत्वपूर्ण खेलमा दर्शकको उत्साहजनक उपस्थिती तथा समर्थनले नेपाली टोलीलाई हौसला मिल्ने अपेक्ष गरिएको छ । एकदिन अगाबै टिकट बिक्री बन्द हुने नेपाल र नामिबिया बिचको खेल टिकट बिक्री वितरण एकदिन अगाबै बन्द हुने इसेवाले जनाएको छ । ‘सुरक्षाका कारण र आइसीसीको आग्रह अनुसार एकदिन अगाबै टिकट बिक्री रोक्न लागिएको हो” इसेवाका प्रमुख कार्यकारी अधिकृत् अस्गर अलीले बताए । सुरक्षाका हिसाबले पनि संवेदनशील भएकाले खेल टिकट मैदानमा नपाइने र एकदिन अगाबै बिक्री वितरण रोकिने छ । खेलको सम्पूर्ण टिकट विक्री तथा व्यवस्थापनका आइसीसीले इसेवालाई नियुक्त गरेको छ । यसअघि पनि इसेवाले अष्टे«लियन खेलाडी फिलिप ह्युजको सम्मानमा आयोजित मैत्रीपूर्ण खेलमा सफलता पूर्वक अनलाइनबाट टिकट विक्री तथा व्यवस्थापन गरेको थियोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण