काठमाडौंमा भूकम्पपीडितको त्रिपाल खरिदमा भ्रष्टाचार : बाहालवाला सह–सचिवसहित ६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं – भूकम्पपीडित जनताको लागि अस्थायी बसोबासका लागि तत्कालिन अवस्थामा उपलब्ध गराउन त्रिपाल खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै काठमाडौं महानगरपालिकाका तत्कालिक कार्यकारी प्रमुखसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिनेमा तत्कालिन कार्यकारी प्रमुख तथा हालका सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सहसचिव पूर्णभक्त तण्डुकार, तत्कालिन विभागिय प्रमुख शान्ताराम पोखरेल, वित्त विभाग प्रमुख बुद्धरन्त मानन्धर, प्रशासन महाशाखा प्रमुख अखत बहादुर साउद, क्षितिज ट्रेड इन्टरनेसनलका प्रोपराइटर नन्द राज पोखरेल तथा न्यु चौधरी ट्रेडर्सका प्रोपराइटर सुन्दरलाल चौधरी रहेका छन् । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(१) (घ) र (ञ) अनुसार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । तण्डुकार, पोखरेल, मानन्धर र साउदविरुद्ध प्रत्येकसँग २४ लाख १० हजार २१४ रुपैयाँ विगो दाबी गरिएको छ । त्यस्तै क्षितिज ट्रेड इन्टरनेसनलका प्रोपराइटर नन्द राज पोखरेलसँग २ लाख ९१ हजार ३२३ रुपैयाँ तथा न्यु चौधरी ट्रेडर्सका प्रोपराइटर सुन्दरलाल चौधरीसँग २१ लाख १८ हजार ८९० रुपैयाँ विगो दाबी गरिएको छ ।
‘उजुरीका विषयमा अनुसन्धान हुँदा काठमाण्डौ महानगरपालिकाले त्रिपाल खरिद गर्दा भुकम्पबाट पिडीत ब्यक्ति तथा परिवारमा परेको मानविय संकटलाई मौकाको रुपमा लिई उपयोग गर्न अनुपयुक्त, न्यून गुणस्तर र सानो साईजका प्लाष्टिक त्रिपालहरु समेतलाई परल मूल्य भन्दा अस्वभाविक रुपमा दर र मूल्य बढाई भुक्तानी गरी तथा भुक्तानी लिई काठमाण्डौ महानगरपालिकाका कर्मचारीहरु तथा आपूर्तिकर्ताहरुले आफुलाई गैरकानुनी लाभ र काठमाण्डौ महानगरपालिकालाई गैरकानुनी रुपमा हानी पुर्याउने कार्य गरेको पाइयो,’ अख्तियारद्वारा जारी विज्ञप्ति पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण