शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थल हुँदै भित्रियो एक करोड नक्कली भारु, एक पाकिस्तानीसहित ६ जना पक्राउ (कागजपत्रसहित)

शुक्रबार, २६ चैत २०७२, १६ : ३६
शुक्रबार, २६ चैत २०७२

काठमाडौं –त्रिभुवन विमानस्थल हुँदै १ करोड बराबरको नक्कलाी भारतीय रुपैयाँ काठमाडौंमा भित्रिएको खुलासा भएको छ । नक्कली भारतीय रुपैयाँसहित एक पाकिस्तानी र ५ जना नेपाली पक्राउ परेपछि उक्त कुराको खुलासा भएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालयले नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका ६ जनालाई शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पाकिस्तानी नागरिक मोहमद नदिम रहेका छन् । त्यस्तै मकवानपुरकी ५५ वर्षीय उमादेवी पाण्डे, बारका महादेव तिमल्सिना, महोत्तरीका दिलबहादुर थापा, पर्साका परमानन्द यादव र इश्वर प्रकाद शाह तेली रहेका छन् । नदिम ठमेलबाट पक्राउ परेका हुन् भने बाँकी बानेश्वर र कलंकीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पाकिस्तानी नागरिक कराँची हुँदै कतारको दोहाबाट नेपालसम्म नक्कली भारतीय रुपैयाँ लिएर अएका थिए । उनले प्रहरीलाई दिएको बयानका अनुसार एक भारतीय नागरिकले उनलाई नक्कली नोट दिएका थिए । नदिमले सुटकेसमा फल्स बटम बनाएर नक्कली नोट एयरपोर्टबाट काठमाडौंसम्म भित्राएका थिए । प्रहरीले नदिमबाट ५० लाख र उमादेवीबाट ५० लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ । अन्यले भारतीय रुपैयाँ वीरगञ्जलगायत सीमावर्ती जिल्लामा नक्कली भारतीय रुपैयाँ पठाउने जिम्मेवारी लिएका थिए । विशेष व्युरोको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी आयुक्तको विशेष टोली टोलीले पक्राउ गरेको हो । मुलुकी ऐन २०२० खोटाचलनको महल तथा संगठिन अपराध निवारण ऐन २०७० अन्तरगत मुद्दा दायर गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बरामद दस्तावेजहरु:

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप