शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आईएमई ‘घर जाने हर्ष’ योजना : श्रेष्ठलाई नेपाल–जापान राउन्ड ट्रिप टिकट

शुक्रबार, २६ चैत २०७२, १८ : २०
शुक्रबार, २६ चैत २०७२
काठमाडौं – आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा ल्याएको ‘घर जाने हर्ष’ योजना अन्तर्गत पहिलो साताको विजेता घोषणा गरेको छ । पहिलो साताको विजेतामा क्योटो जापानमा रहेका विजय श्रेष्ठ सफ्टवेरद्वारा सन्चालित गोलाप्रथाबाट छनोट भएका हुन् । योजना अनुरुप अप्रिल ५ मा आई. सी .एन ः ९४९६६३४७५८९ को ट्रान्जक्सन गरेका श्रेष्ठले जापान – नेपालका लागि एउटा राउन्ड ट्रिप टिकेट जित्नुभएको छ। आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि अप्रिल १ देखी लागु हुने गरी ३ महिने योजना ल्याएको हो । यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्ने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड’«मा सहभागी भई हरेक हप्ता जापान – नेपालका लागि रोउन्ड ट्रिप टिकेट जित्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप