शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सुस्मितासँगको प्रेमका दौरान आत्महत्या नजिक पुगेको थिएँ

शुक्रबार, २६ चैत २०७२, १९ : ०६
शुक्रबार, २६ चैत २०७२

काठमाडौं – निर्देशक विक्रम भट्टले नायिका सुस्मिता सेनसँगको प्रेमका दौरान आत्महत्या गर्ने मनस्थितीमा पुगेको बताएका छन् । सुस्मिता सेनसँगको प्रेमकै कारण उनको डिभोर्स भएको थियो । एक अन्तरवार्ताका क्रममा उनले आफ्नो जीवनको यस्तो खुलासा गरेका हुन् । उनी आफ्नो नयाँ चलचित्र ‘लव गेम’ को तयारीमा छन् । यसै चलचित्रका विषयमा कुरा गर्ने क्रममा उनी सुस्मितासँगको प्रेमका विषयमा पनि यसरी आफ्नो अनुभव राखेका हुन् । ‘सुस्मितासँगको अफेयरका दौरान मेरो उमेर २७ र सुस्मिताको उमेर २० वर्षको थियो,’ उनले भने, ‘ब्रेकअपपछि मैले कहिल्यै सुस्मितासँग भेटिन । यसको स्पष्ट कारण ब्रेकअपपछि फेरि उनीसँग सम्बन्ध नजोडियोस् भन्ने थियो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप