विश्वकपको फाइनलबारे बेन स्टोकको अनुभव : मलाई संसारनै खसेजस्तो भयो
काठमाडौं – अलराउन्डर बेन स्टोक्सले टी २० क्रिकेटमा वेस्ट इन्डिजसँग इंग्ल्याण्ड पराजित भएपछि आफूमाथि संसार नै खसेको महसूस भएको बताएका छन् । यसअघि टी २० विश्वकपको फाइनलमा अन्तिम ओभरमा जीतका लागि १९ रन आवश्यक छँदा वेस्ट इन्डिजका कार्लोस व्राथवेटले उनैको बलिङमा लगातार ४ बलमा ४ छक्का लगाउँदै टोलीलाई जीत दिलाएका थिए । त्यसपछि स्टोक्स आलोचनाको केन्द्रमा छन् । उनले हारपछि पुरै निराशा छाएको बताएका थिए । फाइनलमा पराजित भएपछि उपविजेताको मेडल थाप्नुपर्दा निकै दुख लागेको उनको भनाई छ । ‘फाइनलमा हामीले मेडल त पायौं तर त्यो दोस्रो भएको मेडल थियो । त्यो मेडल म थाप्न चाहँदिन थिए,’ निराशा व्यक्त गर्दै स्टोक्सले भनेका छन् । २४ वर्षीय स्टोक्सले अहिलेको निराशाले भविष्यमा राम्रो खेलाडी बन्नका लागि मद्दत गर्ने आशा व्यक्त गरे । स्टोक्सले अन्तिम ओभरमा त्यति धेरै रन खर्चिएपनि इंग्ल्याडका खेलाडी स्टुआर्ट बोर्ड र अलास्टियर कुक पनि उनीप्रति अझै आशावादी छन् । दुबै खेलाडीले भविष्यमा पनि स्टोक्सले अन्तिम ओभरमा बलिङ गर्ने बताएका छन् । स्टोक्सले आफू विरुद्ध ४ छक्का प्रहार गर्ने व्राथवेटको व्यवहारको पनि प्रसंसा गरेका छन् । ‘उनले वेस्ट इन्डिजलाई खेल जिताउनासथ मसँग आएर मेरो जर्सी मागे । उनी मसँग कुरा गर्न चाहन्थे । मैले पनि उनीहरुलाई बधाई दिए । विपक्षीलाई सम्मान दिने संस्कार उनीसँग रहेछ,’ व्राथवेटको प्रशंशा गर्दै स्टोक्सले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण