बिहान ९ः४५ मा आगलागीको सूचना पाए तर अझै नियन्त्रणमा आएन : के भन्छन् सिन्धुलीका प्रजिअ ?
शुक्रबार, २६ चैत २०७२, २० : १६
काठमाडौं – सिन्धुलीकोे भुवनेश्वरी गाविसमा आगलागी भएको समाचार तयार पार्दासम्म ८ घण्टा भइसकेको छ । तर, आगो अझै नियन्त्रणमा आउन सकेको छैन । ५० भन्दा बढी घर जलिसकेका छन् । एउटा गाविसलाई पूर्णरुपमा ध्वस्त बनाएर आगो अर्को गाविसमा फैलिन थालेको छ । आगो नियन्त्रणमा आउन कठिन भएको घटनास्थलमा पुगेका प्रहरी बताउँछन् ।
आगलागिबारे पछिल्लो स्थिति र आगो नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासबारे सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीसँग कुराकानी गरेका छौं ।
घटनाबारे के भन्छन् प्रजिअ ताराबहादुर कार्की ?
विहान खाना आएर अफिसमा बस्न नपाई ९ बजेर ४५मा अनुसन्धान अधिकृतले सिन्धुलीकोे भुवनेश्वरी गाविसमा आगलागी भयो भनेर भनेर जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले समेत लागो लागेको भनेर फोन आयो । लागो लागेको सूचना पाउन साथ इलाका प्रहरी कार्यालय खुकोटबाट प्रहरी खटाउन निर्देशन दिए ।
त्यपछि प्रहरी उपरिक्षक उमाशकंर पन्ज्यारलाई तत्काल फोन गरें जिल्ला प्रशासन कार्यालय बोलाए । घटनास्थल खुकोटबाट डेढ घण्टाको दुरि पर्ने भएकाले ११ मात्रै प्रहरी घटनास्थल पुगेको खवर आयो । प्रहरी स्थानियवासीले आगोलाई नियन्त्रणमा लिन नसक्ने भनेसंगै आगो नियन्त्रणका लागी थप बलको चाहियो भनेर स्थानीय राजनीतिज्ञहरुको फोन आउन थाल्यो ।
त्यसपछि नेपाली सेनाको ९ नम्वर बाहिनीका गणपति सूर्य बहादुर अधिकारीलाई फोन गरेर आगो नियन्त्रणका लागी पठाउन भनेर फोन गरें । सशस्त्र प्रहरी समेत आगो नियन्त्रणका पठाउन भनेर फोन गरें ।
सेनाको एउटा टुकडी र सशस्त्र प्रहरीको टोली घटना स्थल प्रस्थान गरेको खकर आयो । नियन्त्रणमा लिने भइरहेका प्रयासको बारेमा निरन्तर रुपमा सूचना घट्ना स्थलमा रहेका प्रहरीबाट लिइरहेको थिए । स्थानीयहरुको सहयोगमा पानी नभएकाले समस्या भएकोले स्याउलाको साहायताले आगो निभाउने प्रयास गरेको भएपनि आगो नियन्त्रणमा लिन नसक्ने स्थितिमा नरहेको बताए । तत्काल बनका अग्नी नियन्त्रणलाई पनि घटनास्थल पठाए ।
करीब १ बजेसम्म सबै टोली घटनास्थल पुगेर नियन्त्रण प्रयास भएपनि सम्भव नभएको खबर गरें । आगलागी डाँडामा भएकाले हाबा निरन्तर चलिरहेको चलेकाले नियन्त्रण ल्याउन नसक्ने भनेर खबर गरें । दलित वस्तीमा लागेको आगलागीबाट एक प्राबि स्कुलसहित लगभग ५० घर जलिसकेको र जंगलमा समेत पसेका केही बालबालिका समेत आगलागी मा परेको खवर आयो । तत्काल सेनाको एउटा कम्पनी पठाएर उद्दार गरियो
राहत र उद्धारको लागी भनेर सदरमुकामबाट ३ बजे पाल, खाद्यन्न, चाउचाउ, दालमोट ,चिउरा,चिनी, तेल र नुन सहित घटना स्थलतर्फ आफै लागें ।
करीब डढे घण्टा गाडीको यात्रा र करीब १ घण्टा उकालो बाटोमा राहत आफुले समेत बोकेर घटनास्थल नजिक सबै पीडितहरुलाई ग्वालटार स्कुलको प्राङगणमा राहत लागी बोलाए । पीडितहरुलाई कोही एक सरो कपडा थिए कोही खाली खुट्टै थिए । कोही महिला पेटीकोटमै आइपुगेका थिए । पीडितहरु रोइरहेका थिए ।
कोही विहानदेखि केही नखाएकाले भोकाएका थिए । आगो कसरी लाग्यो भन्दा केही पीडितहरुको अनुसार सुरुमा खरबारीमा लागेको हाबा लागेर एक्कासी जंगल गाउँमा पसेको बताए । धन्न अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।
अहिले सबै पाल टाँगेर बस्न लागेका छन् । तर आगो नियन्त्रणमा आएको छैन् । आगो नियन्त्रण गर्ने प्रयास जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण