वामपन्थको खोल ओडेकाहरुले मलाई राष्ट्रवादीको सर्टिफिकेट दिइराख्नपर्दैन : भट्टराई
काठमाडौं – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो रगतमै देशभक्ति भएको उल्लेख गर्दै आफूलाई राष्ट्रवादीको सर्टिफिकेट कसैले दिनु आवश्यक नभएको बताएका छन् । काठमाडौंमा आज भएको ‘वैकल्पिक राजनीतिक चिन्तन र शक्तिको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा संयोजक भट्टराईले पुर्खाहरुले देशको लागि लडेको स्मरण गर्दै आफ्नो रगतमै देशभक्ति र स्वाधीनता रहेको उनले बताएका हुन् ।
उनले अहिलेका शासकहरुले पञ्चायती शैलीमा नै देशभक्तहरुलाई अराष्ट्रवादीको ट्याग लगाइदिने गरेको बताए । पञ्चायतको समयमा तत्कालीन कांग्रेस, कम्युनिष्टलाई अराष्ट्रिय तत्व भन्ने गरेको र अहिले प्रगतिशील राष्ट्रवादको कुरा गर्दा आफूहरुमाथि वामपन्थको खोल ओडेकाहरुबाट नै अराष्ट्रवादीको आरोप लाग्ने गरेको उल्लेख गर्दै उनले आफूलाई कसैले राष्ट्रवादीको सर्टिफिकेट दिनु नपर्ने बताए । नक्कली राष्ट्रवाद भन्दा छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम राख्ने र नेपाललाई दुई विशाल अर्थतन्त्रको बीचमा गतिशील पुल बनाउनुपर्ने संयोजक भट्टराईले बताए । उनले अन्तरनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।
उनले वामपन्थी भनिएकाहरु व्यक्तिगत स्वार्थ, भ्रष्टाचार तथा बेथितीमा लिप्त भएकाले आफूले पुरानो पार्टी छोडेको बताए । अब हिजोको मानसिकताबाट माथि उठेर नयाँ शक्ति नेपालले वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने उहाँले बताए । अबको मुख्य एजेण्डा आर्थिक विकास र समृद्धि नै भएको उल्लेख गर्दै उहाँले देशभित्रको पूँजी परिचालन तथा लगानीमैत्री वातावरण निर्माण गरेर वाह्य पूँजीलाई समेत भित्रयाएर आर्थिक विकास र समृद्धिमा जान सकिने उनले बताए ।
संयोजक भट्टराईले भूकम्पपछिको पुन:निर्माण र नवनिर्माणको आशा वर्तमान सरकारबाट गर्न नसकिने बताए । भूकम्प गएको एक वर्ष बित्न पुग्न लागेको बेला भूकम्पपीडितहरु अहिले पनि च्यातिएको त्रिपालमुनी नै बस्नुपरेको लाजमर्दो स्थिति रहेकोले वर्तमान सरकारबाट पुन:निर्माण र नवनिर्माणको कार्यभार पूरा हुन नसक्ने बताए ।
प्रदीप गिरीको सुझाव
कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरीले संविधान लेखिए पनि त्यसको कार्यान्वयन नभएको बताए । राज्यविहिनताको अवस्था रहेको उल्लेख गर्दै उहाँले यो अवस्थालाई तत्काल अन्त्य गर्नुपर्ने बताए । डा. बाबुराम भट्टराईले जनयुद्ध र संविधानसभा दुबैमा नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै नेता गिरीले समृद्धिको अभियानमा पनि नेतृत्व लिनुपर्ने बताए । तर एक्ला बाबुरामले मात्रै सम्भव नहुने भन्दै उहाँले सबैको साथ र सहयोग रहनुपर्ने बताए । त्यस्तै नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले व्यंग्यात्मक शैलीमा घरघरमा ग्याँस भएको, मधेशमा आन्दोलन नभएको, महंगी र कालोबजारी नभएको बताउँदै सरकारको आलोचना गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीको बोलीले मधेश आन्दोलनमा नुनखुर्सानी थपेको बताए । उहाँले नयाँ शक्ति नेपालप्रति आशा रहेको उल्लेख गर्दै सदाचार र नैतिकता कायम राख्न, नातावाद कृपावादबाट मुक्त रहन र जथाभावि मान्छे पार्टीमा प्रवेश नगराउन सुझाव पनि दिए ।
मनोक्रान्ति अभियानका डा. योगी विकासानन्दले विकास र समृद्धिलाई आत्मिक र आध्यात्मिक विकाससँग पनि जोड्न नयाँ शक्ति नेपाललाई सुझाव दिए। अभिनेत्री तथा नयाँ शक्ति नेपालको अन्तरिम परिषद् सदस्य करिश्मा मानन्धरले चारैतिरबाट समस्याले घेरिएको अवस्थामा नयाँ सोंचको विकास हुने बताउँदै आत्मनिर्भर भएर देश सबै प्रकारको उत्पीडनबाट मुक्त र आर्थिक रुपले समृद्ध भएको हेर्न चाहेको बताए । व्यवस्थापिका संसद् सदस्य गोपाल दहितले हालको संविधान नेपालको राष्ट्रिय एकता कायम राख्ने कुरामा कमजोर रहेको बताए । कार्यक्रममा उद्योगी व्यवसायी भोला थापा, नयाँ शक्ति नेपालका अन्तरिम परिषद् सदस्यहरु रामकुमार शर्मा, डा. केशवमान शाक्य लगायतले पनि वैकल्पिक राजनीतिक चिन्तन र नयाँ शक्तिको आवश्यकताका बारेमा आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण