गोली लागेर एकको ज्यान गयो
शनिबार, २७ चैत २०७२, १० : १६
अर्घाखाँची– अर्घाखाँचीको ढिकुरा गाविसमा गएराति भरुवा बन्दुकको गोली लागेर एकजनाको ज्यान गएको छ ।
ढिकुरा–७ चरेपानीमा भरुवा बन्दुकको गोली लागेर स्थानीयवासी १८ वर्षीय केसबहादुर तङ्गनामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।
स्थानीयवासी अन्दाजी ३५ वर्षीय डेमबहादुर गुरुङले बोकेको बन्दुकको गोली लागेर घटनास्थलमै मगरको ज्यान गएको हो । बन्दुक बोक्ने गुरुङका सबै परिवार फरार रहेका छन् । घटना घटेको थाहा पाएलगत्तै राति नै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रनाउ पौडेलको नेतृत्वमा टोली घटनास्थलमा पुगी अनुसन्धान र खोजी कार्य गरिरहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण