शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भूकम्पले भत्काएको विद्यालय जर्मनले बनाइदियो

शनिबार, २७ चैत २०७२, १० : १८
शनिबार, २७ चैत २०७२

पाँचथर– गत वैशाख १२ र २९ गते आएको भूकम्पका कारण पाँचथरको फिदिम नगरपालिका–७ मा अवस्थित महादेव देवकोटा प्राथमिक विद्यालयको भवन भत्किएपछि एक जर्मन संस्थाले दुईवटा भवन निर्माण गरिदिएको छ ।

जर्मनीस्थित एमजेएफ बोनको १० लाख रुपैयाँ र स्थानीयवासीको चार लाख ३९ हजार ८७० गरी कुल १४ लाख ३९ हजार ८७० रुपैयाँको लगानीमा दुईवटा भवन निर्माण गरिदिएको हो । भवन निर्माणतर्फ पाँच लाख २५ हजार ६८८, रङ्गरोगनतर्फ ३८ हजार २६८ रुपैया, निर्माण औजार २५ हजार २४४, व्यवस्थापन खर्च ढुवानी तथा अन्य दुई लाख ४५ हजार २७५, ज्यामीज्याला तीन लाख ३६ हजार २५६, ढुङ्गा दुई लाख १३ हजार ६३९ र श्रमदान ५५ हजार ६०० रुपैयाँ गरी कुल १४ लाख ३९ हजार ८७० रुपैयाँको लगानीमा भवन निर्माण कार्य सम्पन्न भएको हो ।

भवन निर्माणपछि शुक्रबार भएको सार्वजनिक परीक्षण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमरकुमार तुम्वापोले भवन बनाउन समन्वय गरिदिने वैकल्पिक ऊर्जा विकास केन्द्र पाँचथर र दाता एमजेएफ बोन संस्थालाई धन्यवाद प्रकट गरे ।

कार्यक्रममा एइडिसी पाँचथरका अध्यक्ष हरिप्रकाश सुवेदीले भूकम्पले भवन भत्किएर विद्यार्थीलाई समस्या भइरहेकाले जिल्लाकै नमुना विद्यालय बनाउने उद्देश्यसहित उक्त भवन निर्माणका लागि आफूहरुले सहयोग गरेको बताए । गत भदौ २० गते सम्झौता भई मङ्सिरदेखि निर्माण कार्य थालिएको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप