कृषि बिमामा किसानको आकर्षण कम
शनिबार, २७ चैत २०७२, १० : ३९
चितवन– चितवनमा चैतसम्म १७५ किसानले मात्रै बाली बिमा गरेको देखिएको छ ।
व्यावसायिक तरकारीखेती, केराखेती तथा अन्य कृषि व्यवसायमा लाग्ने जिल्लामा करिब दुई हजार व्यावसायिक किसान भए पनि बिमाप्रति किसानको आकर्षण न्यून छ ।
जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार कृषि बिमा गर्नेमा अधिकांश केरा किसान रहेका छन् । कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाले दिएको जानकारीअनुसार १७५ मध्ये १५८ जना केरा किसानले बिमा गरेको जानकारी दिए। माछामा नगण्य किसानले बिमा गरेका छन् ।
शिखर बिमा कम्पनीमा एक र नेपाल इन्सुरेन्समा पाँच गरी छजना मात्रै माछा किसानले बिमा गरेको थापाले जानकारी दिए । यस्तै, तरकारीखेतीमा जम्मा ११ जनाले मात्रै बिमा गरेका छन् । केरामा सबैभन्दा बढी १५८ जनाले बिमा गरेका छन् जसमध्ये शिखर इन्सुरेन्समा आठ, नेपाल इन्सुरेन्समा ६२ र प्रुडेन्सिएल इन्सुरेन्समा ८८ जना छन् । किसानले कुल एक लाख ४३ हजारको प्रिमियम शुल्क बुझाएर बिमा गरेको जनाइएको छ ।
चितवनमा ६०० बढी केरा किसान मात्रै छन् । मुख्य गरी अघिल्ला वर्षमा हावाहुरीका कारण करोडौँको केरा क्षति भएपछि केरा किसान बिमामा आकर्षित भएका हुन् । तथापि तरकारी र माछामा आकर्षण न्यून छ । केरा किसान यज्ञ सुवेदीका अनुसार केरामा क्षति बेहोरेका केही किसानले विगत वर्षमा क्षतिपूर्ति पाएकाले बिमा गर्ने केही बढेको छन् तर पर्याप्त छैन ।
सरकारले कृषि बिमा गर्न चाहने किसानका लागि अघिल्लो वर्ष कुल बिमाको पाँच प्रतिशत प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको थियो । तर पछिल्लोपटक बढाएर ७५ प्रतिशत पु¥याइएको र त्यसमा पनि समूह वा सहकारीमार्फत बिमा गरिए प्रिमियम शुल्कमा १५ प्रतिशत कमिसनबापत छुटको व्यवस्था गरिएको छ ।
यस वर्ष कृषिमा बजेट पनि बढेको र अनुदानका कार्यक्रम पनि बढेकाले किसानलाई सचेत हुन कार्यालयले आग्रह गरेको छ । बिमाले क्षति न्यून गर्न सहयोग पुग्ने कृषि कार्यालय प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए।
हालै चितवनको रत्ननगरमा भएको केरा किसानको एक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाललले नेपालमा कुल एक हजार ३०० किसानले मात्रै बिमा गरेको र अझै राम्ररी बिमा हुन नसकेको बताएका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण