बाग्मती सफाइ अभियानमा स–साना नानी पनि
शनिबार, २७ चैत २०७२, १० : ४३
काठमाडौँ, चैत २७– बाग्मती नदीलाई सफा र स्वच्छ तुल्याउने अभियानअन्तर्गत आज पनि बाग्मती नदीबाट डोकाका डोका फोहर निकालिएको छ ।
पूर्वमुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा आज बिहान ८ देखि १० बजेसम्म बाग्मती नदी र किनाराको सरसफाइ गरिएको हो । बाग्मती नदी सफाइ महाअभियान १५२औँ साता पुगेको छ ।
सरसफाइ अभियानमा खासगरी नेपाली प्रहरी र सशस्त्र प्रहरीले सघाइरहेका छन् भने अरू सङ्घसंस्था पनि सरसफाइमा सक्रिय छन् । टाढाटाढादेखि बाग्मती सफाइका लागि प्रत्येक शनिबार तोकिएको समयमा नदीमा पुग्ने गरे पनि स्थानीयवासी भने रमिते बनिरहेका छन् ।
आजको अभियान कोटेश्वर महादेवस्थाननजिक बाग्मती नदी र किनारामा भएको थियो । सफाइका क्रममा प्लास्टिकजन्य फोहरलाई ट्रकमा सङ्कलन गरिएको थियो भने सुकेका पातपतिङ्गर जलाइएको थियो ।
आज जुनियर स्कुलस् प्रिन्सेस प्रोग्रामसँग आबद्ध ७७ जना स–साना नानी र उनीहरुका अभिभावकसमेत सहभागी भएका थिए । पवित्र बाग्मती नदी सफाइ अभियानमा सात वर्षका नानीदेखि ७० वर्षसम्मका वृद्धवृद्धाको सहभागी भइरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण