साउदी अरबमा नेवारी खानाका परिकार
शनिबार, २७ चैत २०७२, १० : ५१
साउदी अरब– वैदेशिक रोजागारीका सिलसिलामा साउदी अरब आएका नेवार समुदायले नेवारी खानाका विभिन्न परिकारका साथमा नयाँ वर्ष २०७३ को स्वागत गरेका छन् ।
शुक्रबार साउदीको जुबेलस्थित समुद्री तटमा भेला भएका उनीहरुले नेवारी खानासँगै शुभकामना आदानप्रदान गरेका हुन् । नेवारी रीतिरिवाज, परम्परा र मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप नेवारी परिकारका साथ नयाँ वर्ष मनाइएको हो । सो अवसरमा समयबजी, माछा, छोय्ला, चुकौनी, चिउरा, भटमास लगायतका नेवारी परिकार बनाइएको थियो ।
नेवाः समाज साउदी अरबद्वारा आयोजित कार्यक्रममा नेवार समुदायका चाडपर्वका विषयमा समेत चर्चा गरिएको थियो । प्रवासमा रहे पनि नेवारी रीति र परम्परालाई निरन्तरता दिन सबै नेवारी चाडपर्व मनाउने तयारी गरिएको समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण