बगरमै पैसा फल्ने रहेछ
मोरङ– मोरङका विभिन्न खोलाको किनारमा बसोबास गर्दै आएका किसानले बगरमा तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् ।
मोरङको रङ्गेली नगरपालिका–९ का ३५ वर्षीय छेदनलाल मण्डलले यो वर्ष पनि चिसाङ खोलाको बगरको दुई बिघा जमिनमा तरकारी लगाएर राम्रो आम्दानी गर्दै आएका छन् । खोलाको बगरमा तरकारी फलाउने र आम्दानी लिने सोच राखेर तरकारीखेती गर्दै आएका मण्डलले दुई लाखको लगानीमा गत वर्षको मङ्सिरदेखि वैशाखसम्ममा रु छ लाख कमाए । यो वर्ष पनि रु पाँच लाख कमाइसकेका छन् । उनले यो वर्ष काँक्रा, तीतेकरेला, फर्सी, लौका, तरबुजा, रोपेका छन् । उनले भने – “जान्यो भने बगरमै पैसा फल्नेरहेछ ।”
विगत वर्षमा बगरमा तरकारीखेती गरेर राम्रो आम्दानी लिन सफल रङ्गेली–९ कै २८ वर्षीय बुनीलाल मण्डलले यो वर्ष एक लाखको लगानीमा एक बिघा, ३० वर्षीय धीरज मण्डलले दुई लाखको लगानीमा दुई बिघा र २८ वर्षीय रामखिलान मण्डलले एक लाखको लगानीमा एक बिघा चिसाङ खोला बगरमा तरकारीखेती लगाएका छन् । उनीहरुले पनि गत वर्ष रु तीनदेखि रु छ लाख आम्दानी गरे। यस वर्ष रु चार लाख आम्दानी गरिसकेका छन् । उनीहरुले तरबुजा, काँक्रा, तीतेकरेला, फर्सी, लौका फलाएर आम्दानी गरेका हुन ।
त्यस्तै महादेवा गाविसमा २०० जना किसानले १४÷१४ जनाको समूह बनाएर बगरमा व्यावसायिक तरकारीखेती गरिरहेको किसान रमेश ताजपुरियाले बताए । उनीलगायत २०० जनाले बक्राखोलाको १५ बिघा बगरमा वार्षिक १० लाखको लगानीमा तरकारी लगाएर करिब २० लाख रुपैयाँ आम्दानी लिँदै आएका छन् । त्यस्तै, पथरीका किसान प्रकाश पोखरेल, सुलभ कार्की, कृष्ण ढुङ्गानालगायत झन्डै २०० जनाका कृषकले जनही ७० हजार लगानी गरी पथरी खोला बगरमा सिमसाग लगाएर जनही वार्षिक तीन लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।
मोरङका किसानले यसपटक पनि पथरी खोलाको १० बिघा बगरमा, रङ्गेली नगरपालिका र महादेवा गाविसका किसानले डाँस खोलको नौ बिघा बगरमा, बक्राहा खोलाको १५ बिघा बगरमा, र सीता खोलाको पाँच बिघा बगरमा तरकारीखेती गरिरहेका छन् ।
बालुवामा तरकारी फलाउने सोच राखेर खोलाको आसपासमा बस्दै आएका युवा सिमसाग खेतीमा लागेको मोरङको जिरी खिम्ती–१ का स्थानीय किसान बाबुराम ढुङ्गाना बताउँछन्। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण