कृष्णदासजी महाराजको दोहोरो नागरिकता !
शनिबार, २७ चैत २०७२, ११ : ०७
इटहरी– आयुर्वेद तथा योगका ज्ञाता कृष्णदासजी महाराजले दुईवटा नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यसै साता उजुरी परेको छ ।
उनले दुई फरक फरक नामबाट नागरिकता लिएको विषयमा उनकै भाइहरु ऐनकुमार गिरी र कुमार गिरीको योजनामा उजुरी हालिएको बताइन्छ । उजुरीकर्तामा अर्कै व्यक्ति उभ्याइएको छ ।
सुनसरी जिल्लाको चतरामा श्रीरामानन्दाचार्य सेवा पीठसहितको आश्रम सञ्चालन गरेर बस्दै आएका डा कृष्णदासजी महाराजले लिएका नागरिकताका प्रतिलिपि उजुरीसँगै बाहिर ल्याइएपछि यो विषयले सुनसरीमा चर्चा पाएको छ । उनले सन्यास लिनुअघि सोलुखुम्बु जिल्लाबाट लिएको २२२७÷५९५ नम्बरको नागरिकतामा कृष्णबहादुर गिरी नाम लेखिएको छ भने जुबु–१ सोलु भनेर जन्म ठेगाना लेखिएको छ ।
यता २०६५ साल पुष १७ गते सुनसरी जिल्लाबाट लिएको ०६९००४÷१३२८०८ नम्बरको नागरिकतामा भने उनको नाम श्री बैष्णव कृष्णदास लेखिएको छ । नयाँ बनेको नागरिकतामा जन्म ठेगाना जुबु सोलु र स्थायी बसोबास सुनसरी जिल्लाको बराहक्षेत्र–१ लेखिएको छ । सुनसरी जिल्लाबाट जारी नागरिकतामा प्रशासकीय अधिकृत वेदनिधि खनाल र सोलुबाट जारी नागरिकतामा भीमसेर रुम्दालीको हस्ताक्षर छ ।
नाडी छामेर नै बिरामी पत्ता लगाउने र आयुर्वेद तथा योगको सम्पूर्ण ज्ञान भएका कृष्णदासले दोहोरो नागरिकता सबै साधु र सन्तले लिने गरेको बताउँछन् ।
आफ्नो दोहोरो नागरिकताका विषयलाई भाइहरुले नै बाहिर ल्याएर बदनाम गर्ने दुष्प्रयास गरेको उनले आश्रममा पत्रकारसम्मेलन नै गरेर जानकारी दिए ।
दुईवटै नाम भएको एउटै व्यक्ति हो भनेर जिप्रकाले दिएको पत्र पनि आफूसँग रहेको उनले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण