शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन महिनामा फोहरबाट बिजुली

शनिबार, २७ चैत २०७२, ११ : ३८
शनिबार, २७ चैत २०७२

काठमाडौँ– आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाले फोहरबाट बिजुली निकाल्ने भएको छ ।

महानगरपालिकाका वातावरण विभाग प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमका अनुसार अहिले १४ किलोवाट बिजुली निकाल्न लागिएको हो । यो परीक्षण सफल भए काठमाडौँ उपत्यकाका अन्य स्थान र उपत्यकाबाहिर पनि यस योजनालाई विस्तार गरिनेछ ।

अहिले टेकु ट्रान्सफर स्टेसनमा सङ्कलित फोहरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक ३०० टन जैविक फोहर आवश्यक पर्ने प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार उपत्यकामा दैनिक ४५० टन फोहर उत्पादन हुन्छ जसमध्ये ६३ प्रतिशत जैविक फोहर हुने गर्दछ । उपत्यकाको फोहरको व्यवस्थापन गर्ने सिलसिलामा बिजुली निकाल्न लागिएको हो ।

वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठका अनुसार उक्त कामका लागि युुरोपेली सङ्घ र काठमाडौँ महानगरले संयुक्त रुपमा करिब दुई करोड रुपैयाँ लगानी गर्ने छन् । उत्पादित बिजुली महानगरको कार्यालयमै प्रयोग गरिनेछ । बिजुली उत्पादनका लागि आवश्यक सबै सामग्री भने भारतबाट आयात गरिने बताइएको छ ।

निकट भविष्यमा टेकुमा सङ्कलित फोहरबाट दैनिक ९६ केजी ग्यास, ३०० केजी जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने योजना महानगरको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप