फेसबुकले जुटायो एम्बुलेन्स किन्ने पैसा
गुल्मी–सामाजिक संजाल फेसबुकको माध्यमद्धारा गुल्मी पिपलधाराका युवाहरुले एक वर्षको अन्तरालमै गाउँमा एम्वुलेन्स किन्ने पैसा जुटाएसञ्चालनमा समेत ल्याएका छन् । पिपलधारा चौतारी गुल्मी नामक फेसवुक पेज खोली त्यसको माध्यमद्धारा विदेशका विभिन्न मुलुकमा रहेका सय जना भन्दा बढि पिपलधाराका युवाहरु संगठित भई यस्तो उदाहरणीय कार्य गरेका हुन् । ति युवाहरुले एक वर्षको अवधीमा चार सय जना भन्दा बढि सहयोगदाता जुटाएर साढे दश लाख भन्दा बढि मुल्यको एम्वुलेन्स खरिद गरी शुक्रबार एक समारोहका विच गाउँवासीलाई हस्तान्तरण गरे । पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मी नामक संस्था समेत दर्ता गरी त्यस संस्थाद्धारा उक्त मुल्य वरावरको सुविधा सम्पन्न एम्वुलेन्स गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीद्धारा उद्घाटन गराई पिपलधारा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण समारोहमा सञ्जालका स्थानिय समन्व्य समितिका अध्यक्ष वावुराम जिसीले उक्त स्वास्थ्य चौकीका प्रमुख प्रेम खनालाई एम्वुलेन्सको चाँवी हस्तान्तर गर्ने क्रममा स्थानिय वृद्ध वृद्धा समेत पञ्चेवाजमा नाच गान गरी खुशीयाली मनाएका थिए । हाल मलेशियमा रहेका सञ्जालका सचिव राजेन्द्र गड्काले दिएका जानकारी अनुसार फेसबुक माध्यमद्धारा एक वर्षको अन्तरालमा एम्ब्ुलेन्स खरिद गर्ने रकम संकलन गरिएको थियो । सोहि अवसरमा पत्रकार प्रेम सुनारलाई पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण