शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उडान सञ्चालन प्रक्रिया अनुसार नै विमान अवतरणः बुद्ध एयर

शनिबार, २७ चैत २०७२, १३ : ३९
शनिबार, २७ चैत २०७२

काठमाडौं– बुद्ध एयरले शुक्रबार विमानमा आएको केहि प्राविधिक समस्यापछि विराटनगर विमानस्थलमा गरिएको आकस्मिक अवतरणबारे प्रष्टिकरण दिएको छ । बुद्ध एयरले शनिबार एक विज्ञप्ती जारी गरि भद्रपुरबाट (उडान नं. ९५२) काठमाडौंका लागि उडान भरेको केही समयपश्चात् विमानमा केही प्राविधिक समस्याको संकेत देखिएपछि उडानको सञ्चालन प्रक्रियअनुसार नै नजिकको विमानस्थल विराटनगरमा अवतरण गराएको स्पष्ट पारेको छ । विज्ञप्तीमा भनिएको छ, ‘ कम्पनीले यात्रु तथा शुभचिन्तकहरुलाई सत्यतथ्य जानकारी गराउनु कर्तव्य ठानी विमानको Engine ITT (Inter Turbine Temperature) Indicator मा गलत संकेत देखिएको निक्र्यौल भएता पनि विमान निर्माता कम्पनीले दिएको उडान सञ्चालन प्रक्रिया ९क्तबलमबचम इउभचबतष्लन एचयअभगमचभ० अनुसार नै हाम्रा विमान चालकदलले अवतरण गराएको जानकारी गराउ“दछौं ।’ अवतरण पश्चात प्राविधिकहरुले तुरुन्तै विमान चेकजा“च गरि ITT Indicator परिवर्तन गरि उक्त विमान शनिबारनै पूनः नियमति उडानमा आइसकेको समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप