गरिबीकै कारण दृष्टिविहिन बालकले पढ्न पाएनन्
तेह्रथुम– तेह्रथुमको सुदुरपुर्वी ह्वाकु गाविस वार्ड नं. ९ चिसापानीका ७ वर्षीय दृष्टिविहीन एक बालकले खर्च अभावका कारण पढ्न पाएका छैनन् । गाउँमा दृष्टिविहीनकालागि विद्यालय नभएको र जिल्ला बाहिर लगेर पढाउन सक्ने आर्थिक क्षमता नहुँदा ह्वाकु–९ का पुर्णबहादुर रोक्काका जेठा छोरा दृष्टिविहीन शेरबहादुर रोक्काले पढ्न नपाएका हुन् । प्रष्ट बोल्न समेत नसक्ने, आधा मात्र कान सुन्ने र बोलाउँदा कमैसँग मात्र बोल्ने सात बर्षीय शेरबहादुर मानसिक रुपमा समेत रोगी हुनसक्ने स्थानीयको ठम्याई छ । उनलाई अहिले बाबुआमाले छाडेर हिडेपछि एक्ली हजुरआमाले रेखदेख गर्दै आएकी छिन् । दृष्टिविहीनहरुकालागि सुनसरीको धरानमा निशुल्क पढ्ने व्यवस्था छ, लगिदिनु भनेर धेरैले भनेपनि आफुलाई केही थाहा नभएकाले त्यहाँ पुर्याईदिन नसकेको हजुरआमा पुर्णमाया रोक्काले बताइन् । छोरालाई पढाउन तथा हुर्काउन बढाउन बाबुआमाले चासो नदिएपछि उसलाई आफैले दुःखका साथ राखेको उनले बताइन् । शेरबहादुरलाई केही साताअघि मात्रै जिल्ला महिला तथा बालबालिका कार्यालयले ख वर्गको अपाङ्गता परिचय पत्र दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण