शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनचांदी व्यवसायीद्वारा रक्तदान कार्यक्रम

शनिबार, २७ चैत २०७२, १४ : १०
शनिबार, २७ चैत २०७२

भैरहवा– नेपाल सुनचांदी व्यवसायी संघ सिद्धार्थनगरको आयोजनामा भैरहवा स्थित भीम अस्पतालको प्रांगणमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघका सिद्धार्थनगर अध्यक्ष राम किसुन वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचांदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम सेञ्चुरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य जोगलाल वि.क., संघका जिल्ला अध्यक्ष विक्रम बहादुर सुनार, भीम अस्पताल विकास समितिका अध्यक्ष हितराज पन्थी, संघका सिद्धार्थनगर उपाध्यक्ष राजु गहतराज लगायतको आतिथ्यता रहेको थियो । संघले २५ औं वर्ष पुरा गरेको रजत महोत्सवको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा विभिन्न व्यवसायी उद्योगी गरी ५० जनाले रक्तदान गरेका थिए भने अस्पतालका बिरामीहरुलाई फलफूल समेत वितरण गरिएको थियो । संघका सहकोषाध्यक्ष एवं कार्यक्रम संयोजक राजन रसाइलीको संयोजकत्वमा भएको कार्यक्रमको संचालन सचिव प्रकाशमणि विश्वकर्माले गरेका थिए । यसैबीच संघले आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको प्रमुख आतिथ्यता एवं लुम्बिनी अंचलका प्रहरी प्रमुख शेरबहादुर बस्नेतको विशिष्ट आतिथ्यतामा संघका सिद्धार्थनगरका संस्थापन सदस्यहरुलाई भैरहवा स्थित विश्वकर्मा मन्दिरमा एक कार्यक्रमका बीच सम्मान समेत गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप