कमल थापाको असन्तुष्टिले सरकारलाई केही फरक पर्दैनः रायमाझी
शनिबार, २७ चैत २०७२, १५ : २१
काठमाडौं– उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संघीयता कार्यान्वय गर्न बनेको संघीय आयोगवारे सरकारकै उपप्रधानमन्त्री कमल थापाको असन्तुष्टिले कुनै फरक नपर्ने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘‘ सरकारमै बसेर असन्तुष्टी व्यक्त गर्नुको कुनै तुक छैन त्यसैले हामी सरकारमा पनि धेरै दल छौं, असन्तुष्टि हुनु स्वभाविक हो ।’ उनले ओली सरकारलाई कसैले हटाउन नसक्ने दाबी गर्दै ओली नेतृत्वको सरकारले स्थानीय निर्वाचन र संसदीय निर्वाचन गराएरमात्रै सत्ता हस्तान्तरण गर्ने दाबी गरे । उनले भने,‘यो सरकार ढल्ने सम्भावना नै छैन, यसले आफ्नो कार्यकाल पूरा गरेरै छाड्छ ।’
वर्तमान सरकार ढाल्न एमाओवादी अध्यक्ष नै लागिपरहेका छन नि भन्ने सञ्चारकर्मीको जिज्ञासमा मन्त्री रायमाझीले भने,‘यो मिथ्या हो, यो वामपन्थीको सरकार हो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख वामपन्थीको छ, मुलुक वामपन्थीमय बनेको छ, यो अवस्थामा अध्यक्ष प्रचण्ड पनि सरकार परिवर्तन गर्ने पक्षमा हुनुहुन्न, त्यसैले अहिले ओलीको विकल्प छैन ।’
उनले ओलीकै नेतृत्वमा सहभागी भएर संविधान कार्यान्वयन गर्न प्रतिपक्षी दल काँग्रेस र मधेशवादी दलहरुलाई समेत आग्रह गरे।
फरक प्रसंगमा उनले बावुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आफू कुनै पनि हालतमा नजाने ठोकुवा गरे ।
उनले भने,‘नयाँ नेपालमा नयाँ पार्टीहरु जन्मिन्छन्, तर आजको दिनमा एमाओवादी सवै हिसावले राष्ट्र विकासको पहेदार भएकाले म यही पार्टीमै बसेर जनताको सेवा गर्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण