आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बैशाख ६ देखि
शनिबार, २७ चैत २०७२, १५ : ४४
राजविराज– सप्तरीमा प्रत्येक वर्ष हुने राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता यस वर्ष वैशाख ६ गतेदेखि हुने भएको छ ।
शनिवार राजविराजमा जिल्ला खेलकुद विकास समितीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयको निर्देशन अनुसार २०७२ चैत्र महिनाभित्रै उक्त प्रतियेगिता सम्पन्नहुनपर्ने भएपनि लामो मधेश आन्दोलन तथा जिल्ला खेलकुद विकास समितिका पदाधिकारी नियुक्ती विवादका कारण जिल्लामा प्रतियोगिता निर्धारित मितिमा गर्न नसकिएको खेलकुद समितले बताएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डलले मधेश आन्दोलन स्थिर भएको र पदाधिकारी नियुक्ती विवाद समेत निरुपण भईसकेकाले आगामी वैशाख ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको बताए ।
पहिलो चरणमा निर्वाचन क्षेत्र स्तरमा हुने प्रतियोगिता अन्तर्गत क्षेत्र नं. १ का लागि उच्च मावि ओद्राहा, क्षेत्र नं. २ का लागि उच्चमावि पकरी र क्षेत्र नं. ३ का लागी राजदेवी उच्चमावि राजविराजको खेल मैदानमा गरिने जनाइएको छ ।
यस्तै क्षेत्र नं. ४ को मावि पातो, क्षेत्र नं. ५ को मावि रामपुर जमुआ र क्षेत्र नं. ६ का लागि मावि रौतहटको खेल मैदानमा प्रतियोगिता हुने कार्यालय प्रमुख मण्डलले बताए । निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरीय फाइनल खेल वैशाख १३ देखि १५ गतेसम्म ओद्राहा स्थितउच्चमाविको खेल मैदानमा हुने जनाए ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एजेट न्यासुर लामाले प्रतियोगितामा छात्र र छात्रा दुवै समूहको भलिवल, एथलेटिक्स, मार्सल आर्ट, कराँते, तेकवान्दो, उसुका साथै पहिलो पटक कब्बड्डी खेल पनि सहभागी गराइएको जानकारी दिए ।
उनले प्रतियोगिताका लागि कुल ३८ लाख अनुमानित बजेट तय गरिएको जानकारी दिँदै प्रथम हुने विद्यालयलाई नगद रु.१५ हजार, द्वितीयलाई १२ हजार र तृतीय हुनेलाई ९ हजारका साथै शिल्ड, कप र प्रमाण पत्र प्रदान गरिने बताए ।
यूवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषदको संयोजन, जिल्ला शिक्षाकार्यालयको सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा अध्यक्ष लामाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण