शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसले सरकारमा जान हतार गर्न हुँदैनः पौडेल

शनिबार, २७ चैत २०७२, १६ : १८
शनिबार, २७ चैत २०७२

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले सरकारमा जान हतार गर्ने भन्दा पनि सरकार वाहिर वसेर राजनीतिलाई निकास र जनतालाई विकास दिने लक्ष्य बनाउनुपर्ने बताएका छन् । गृह जिल्ला तनहुँको दमौलीमा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले अहिले राजनीति अपमानित भएकोले त्यसलाई सम्मानीत गर्नु आफ्नो एउटा मात्रै लक्ष्य भएको बताए ।

पौडेलले भने, –‘राजनीतिको नाम मा अनेक किसिमका विकृतिहरु भित्रीएका छन् त्यस लाई हटाएर अव पारदर्शिता र स्वच्छ व्यवहारवाट राजनीतिको जनता ले अपक्षा गरेका छन् त्यो हुनु पर्दछ ।’

उनले राजनीतिलाई भष्ट्रचार मुक्त गराई सम्मानित गराउने आफ्नो लक्ष्य पुरा गरेर छोड्ने प्रतिवद्धता जनाउदै अब हतियारको नाममा होईन विचारको नाममा समाजलाई परिवर्तन गर्नुपर्ने बताए ।

बरिष्ठ नेता पौडेलले गाउँ गाउँमा पनि राजनीतिलाई सम्मानित वनाउन सकिन्छ भन्ने अभियान चलाउन आग्रह गरे । पौडेलले भने, ‘ कांग्रेसले सरकारमा जान हतार गर्न हुदैन सरकार भन्दा वाहिर वसेर पनि राजनीतिलाई निकास र जनतालाई विकास दिने नेपाली कांग्रेसको लक्ष्य बनाउनुपर्छ । त्यो अभियानलाई गाँउ गाँउबाट जनताले साथ दिनुपर्छ ।’

उनले अहिले भुकम्प पिडित जनताको विजोग स्थिती भएको बताउदै अहिेले वार फुटिङमा काम गर्ने वेला भएको तर सरकारले संतोषजनक काम गर्न नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप