मिस नेपालको उपाधि जितेपछि के भन्छिन् अश्मी ?
काठमाडौँ– शुक्रबार राति ‘मिस नेपाल वल्र्ड –१६’ घोषित भएकी अश्मी श्रेष्ठ देशकी २२ औँ मिस नेपाल हुन् नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जितेकी थिइन् । त्यसपछि ९५ मा सुमी खड्का, ९६ मा पुनम घिमिरे मिस नेपाल भइन् । सन् १९९७ मा ‘मिस नेपाल’ र ‘मिस नेपाल वल्र्ड’को स्वरुपमा दुई पटक यो प्रतियोगिता भएको थियो । सोअन्तर्गत मिस नेपालको उपाधि निलिमा गुरुङले जितिन् । सोही वर्षदेखि मिस वल्र्डमा भाग लिने अवसर आएपछि पुनः मिस नेपाल वल्र्ड प्रतियोगिता भएको थियो जसको उपाधि झरना बज्राचार्यले जितिन् । जितेसँगै उनले नेपालको तर्फबाट मिस वल्र्डमा भाग लिने अवसर पाइन् ।
त्यस्तै, १९९८ मा मिस नेपालको उपाधि ज्योति प्रधानले जितिन् तर उनले उत्तरदायित्व बहन गर्न नसकेको भन्दै उपाधि खोसेर ‘फस्ट रनरअप’ निरु श्रेष्ठलाई दिइएको थियो । त्यसैगरी, १९९९ को मिस नेपालको उपाधि स्वेता सिंहको पोल्टामा गयो भने २००० को उपाधि उषा खड्गीले जितिन् र २००१ मा भने यो प्रतियोगिता कारणवश हुन सकेन ।
प्रतियोगितालाई पुनः निरन्तरता दिँदै २००२ मा माल्भिका सुब्बा, २००३ मा प्रिती सिटौला, २००४ मा पायल शाक्य, २००५ मा सुगारिका केसी क्रमशः मिस नेपाल भए । सन् २००६ मा पुन प्रतियोगिता हुन सकेन । अर्को वर्ष अर्थात २००७मा भएको प्रतियोगिताको उपाधि शिताष्मा चन्दले जितिन् । तर पुनः २००८ मा केही मानिसले गरेको विरोधको कारण देखाउदै प्रतियोगिता रोकियो ।
त्यसपछि अर्को वर्षदेखि पुनः निरन्तर सुरु भएको प्रतियोगिताको उपाधि क्रमशः २००९ मा जेनिशा मोक्तान, २०१० मा सदिक्षा श्रेष्ठ, २०११ मा मलिना जोशी, २०१२ मा सृष्टि श्रेष्ठ, २०१३ मा इशानी श्रेष्ठ, २०१४ मा सुविन लिम्बु र २०१५ मा इभाना मानन्धरले जिते ।
हिजो सम्पन्न मिस नेपालको उपाधि विजेता अश्मी चितवन निवासी हुन् । उनीसमेत हालसम्म चितवन क्षेत्रबाट उपाधि जित्ने दुई जना छन् । यसअघि २०१२ मा मिस नेपाल भएकी सृष्टि श्रेष्ठ चितवनकै थिइन्।
क्षेत्रगत हिसाबले हेर्दा उपाधि जित्नेमा हालसम्म राजधानी उपत्यकाका सुन्दरीको बर्चस्व छ । राजधानी उपत्यकाबाट १२ जना मिस नेपाल भएका छन् । त्यस्तै, धरानबाट र वीरगञ्जबाट दुई÷दुई, पोखराबाट एक जना र बाँकी नयाँ ठाउँबाट प्रतिनिधित्व गर्ने छन् ।
काठमाडौँको अन्नपूर्ण होटलमा भएको प्रतियोगितामा अन्तिम स्पर्धामा रहेका १९ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीय अश्मी ‘मिस नेपाल वल्र्ड’ बन्न सफल भइन् । त्यस्तै, प्रतियोगितामा ‘मिस नेपाल इन्टरनेशनल’ ललितपुरकी रोशनी केसी तथा ‘मिस नेपाल अर्थ’ सप्तरीकी वर्षा लेखी भइन् । त्यसैगरी, सिर्जना रेग्मी र नम्रता श्रेष्ठ पनि अन्तिम पाँचमा परे ।
प्रतियोगितामा ‘मिस इन्टेलेक्चुअल’, ‘मिस फोटोजेनिक’ र ‘बेस्ट इभिनिङ गाउन’ उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल भएकी अश्मीले यसै वर्ष इन्डोनेसियामा हुने ‘मिस वल्र्ड–२०१६’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । उपाधि जितेपछि उनी भन्छिन््, “म अहिले खुसीले यति भावुक भएकी छु की भन्नलाई कुनै खास शब्द छैन, तर यति भन्न सक्छु नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउने प्रयास गर्नेछु ।” दीपेन्द्र सापकोटा/ रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण