धोका भयोः कमल थापा
दाङ–राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले विदेशीहरुको इशारामा नेपाललाई जवरजस्तरुपमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको बताएका छन् ।
८१ प्रतिशत हिन्दुहरु भएको नेपालमा जनताको चाहना विपरित धर्म निरपेक्षता घोषणा गरेर सरासर धोका दिने काम भएको समेत थापाले बताए ।
‘संविधानले जवरजस्त धर्मपरिवर्तन गराउनु दण्डनिय हुनेछ भन्ने प्रष्ट लेखेको छ, धर्मपरिवर्तनको काम भने रोकीएको छैन, सनातन धर्मको रक्षाको लागी नेपाली जनतालाई जागरुक गर्ने यो हाम्रो अभियान हो हामी कसैको विरुद्धमा लागेको हैन’ शनिबार मध्यपश्चिमाञ्चल क्षेत्र स्तरिय हिन्दुत्व जागरण बृहत जनसभालाई दाङको तलसीपुरमा सम्वोधन गदै थापाले भने ।
थापाले धर्मले सवैलाई जोडेको भन्दै नेपालीहरुको एक मात्र पहीचान हिन्दु धर्म भएकाले यसको रक्षा गर्नु आजको आवश्यकता भएको तर्क गरे । हिन्दु धर्मलाई विभिन्न वाहानामा समाप्त पार्न खोजिएको भन्दै उनले आफनो पार्टीले यसको विगत देखिनै विरोध गर्दै आइरहेको बताए ।
कार्यक्रममा स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीले सनातन धर्मको रक्षा आजको आवश्यकता भएको भन्दै धर्मको रक्षाका लागि सम्पूर्ण महीला, युवा तथा आम नेपालीहरु लाग्नु पर्ने बताइन् । त्यसैगरी कार्यक्रमा राप्रपा नेपालका महामन्त्री धवल शम्सेर राणाले राप्रपा नेपाल सरकारमा गयर सवै मुद्धाहरु त्यागेको छ भन्ने भनाई गलत भएको भन्दै देश अफठ्यारो स्थीतिमा पुगेको समयमा देशलाई निकास दिन सरकारमा गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण