धर्मको कुरा उठाएर हामीलाई फुटाउने षड्यन्त्र भइरहेको छ : नेता केसी
काठमाडौँ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जातीय एवम् धार्मिक विषयलाई अनावश्यकरुपमा चर्काएर समाजलाई विभाजित गराउने षड्यन्त्र भइरहेको भन्दै त्यसप्रति सजग हुनुपर्ने बताएका छन् ।
न्यु मालाश्री इङ्लिस स्कुलको तेस्रो वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमा उनले भने, “मानिसको कुनै जात हुँदैन, हामी सबै नेपाली हौँ, हामीबीचमा फुटाउने षड्यन्त्रप्रति सचेत हुनुपर्छ ।”
नेपाली जनताको वर्षौदेखिको जनचाहना नयाँ संविधानले पूरा गरेको उल्लेख गर्दै नेता केसीले संविधानमा रहेका त्रुटिलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले जनप्रतिनिधिले बनाएको संविधानको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताए ।
पूर्व शिक्षामन्त्रीसमेत रहेका नेता केसीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बालबालिकाको मनोविज्ञानलाई ध्यान दिएर शिक्षा दिनुपर्ने बताउँदै सोहीअनुरुप पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिए ।
शिक्षा क्षेत्रको गुणस्तर सुधार नभएसम्म देशको विकास हुन नसक्ने भएकाले नीति निर्माता एवम् शिक्षा क्षेत्रमा काम गर्ने सबै निकाय जिम्मेवार हुनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज सिलवालले आफ्ना विद्यार्थीलाई समयसापेक्ष शिक्षा उपलब्ध गराउन विद्यालय प्रतिबद्ध रहेको बताए ।
प्रधानाध्यापक महेश पाण्डेले आफूहरु गुणस्तरीय शिक्षा उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा विद्यालयलाई आधुनिक प्रविधिमैत्री बनाउँदै लैजाने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण