संसद् बैठकमै वरिष्ठ मन्त्रीले संविधानको बारेमा भ्रम छर्ने काम गरे : नेम्बाङ
बुटवल - संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी भएको बताएका छन् ।
उनले संविधानसभामा ९० प्रतिशतभन्दा धेरैको सहमतिमा अनुमोदनबाट बनेको संविधानका विरुद्ध छरिएका अनावश्यक भ्रमहरु चिर्न अब सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा पनि जोड दिए ।
नेकपा (एमाले) रुपन्देही ४ नं क्षेत्रीय कमिटीको आज बुटवलमा भएको अगुवा कार्यकर्ता भेलामा बोल्दै एमाले स्थायी समिति सदस्यसमेत रहेका नेम्वाङले संविधानको कार्यान्वयन गर्दै समृद्ध मुलुक निर्माणमा केन्द्रित हुन सबैलाई आह्वान गरे ।
उनले पाँच वर्ष आठ महिनाको निरन्तरका छलफल, संवाद र पहलकदमीबाट बनाएको संविधानलाई कुनै देशको संसद् बैठकमै वरिष्ठ मन्त्रीले भ्रम छर्ने काम गरेको बताए । संविधान जारी भएयताको अवधिमा तराईका २० जिल्लामा मात्रै दुई हजारभन्दा धेरै भारतीय चेलीले नेपालको अङ्गीकृत नागरिकता पाएको विवरण आफूलाई आएको पनि नेता नेम्वाङले प्रष्ट पारे ।
उनले संविधानसभामा रहेका ३२ वटा दल र स्वतन्त्रसमेतका सभासद्को समझदारीमा बनेको संविधान राजनीतिक सहमति र समझदारीको साझा दस्तावेज भएको उल्लेख गरे । नेता नेम्वाङले यो संविधान विश्वकै समावेशी, लोकतान्त्रिक र लचिलो संविधान रहेको बताए । तर, संसारभरि चलेका कतिपय संवैधानिक प्रावधानलाई पनि नेपालका विरुद्ध अनावश्यक भ्रम सिर्जना गर्ने काम भएको भन्दै उनले विरोध गरे ।
अगुवा कार्यकर्ता भेलामा अर्का नेता एमाले स्थायी समिति सदस्य छविलाल विश्वकर्माले एमालेको अगुवाइमा बनेको संविधानको कार्यान्वयनका लागि पनि एमालेले नै अगुवाइ गर्नुपर्ने खाँचो रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण