शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निशानको एक्सचेन्ज मेला बुटवलमा

शनिबार, २७ चैत २०७२, १९ : ४९
शनिबार, २७ चैत २०७२

भैरहवा - विश्व बिख्यात अटो निर्माता कमपनी जापानमा निर्मित निशान मोटर कम्पनीद्वारा उत्पादीत बिभिन्न मोडलका गाडीहरुको एक्सचेन्ज मेला बुटवलमा शुरु भएको छ । नेपालका लागी आधिकारीक बिक्रेता दुगड ब्रदर्श एण्ड सन्सले बुटवलको सब डिलर हाईवे अटोभिल्ला प्रालीको सहकार्यमा यहि चैत्र २६ गते देखि २९ गते सम्म मणिग्रामको ड्रिमलैण्ड गोल्ड रिर्सोटमा एक्सचेन्ज मेला सञ्चालन गरिरहेको छ । सवारी धनिहरुको आवश्यकता अनुसार निशानमा बिभिन्न मोडलका सवारीहरु निशान एक्सट्रेल, पट्रोल जिप, नभारा पिकअप, सन्नी माईक्रो र उर्भान मिनी बस सहितको साधनहरु मेलामा प्रर्दशन भैरहेको छ । मेलामा सवारी सवारी धनीहरुले आफुले प्रयोग गरि रहेका कुनै पनि ब्राण्डका पुरानो गाडीलाई निशानको आफुले रुचाएको नया गाडीहरुसित साट्न सकिने आयोजकले बताए । यसका साथै मेला अवधिभर ७ प्रतिशत बार्षिक ब्याजदरमा बैंक ऋण सुविधा समेत उपलब्ध गराईएको छ । पश्चिमाञ्चलमा निशान ब्राण्डका गाडीहरुको माग बढेकोले सवारी धनिहरुलाई अझ उच्च स्तरिय सेवा प्रदान गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको हाईवे अटोभिल्ला प्रालीका प्रवन्ध निर्देशक दिपक श्रेष्ठले बताए । बिक्रि पछिका सेवाहरुका लागी हाईवे अटोभिल्ला प्रालीमा यस क्षेत्रकै सुविधा सम्पन्न वर्कसप रहेको श्रेष्ठको दावी छ । अहिले मेलामा राखिएका सवारी जापान, थाईलैण्ड र भारतमा निर्मित रहेको नेपालका लागी आधिकारी बिक्रेता दुगड ब्रदर्श एण्ड सन्सका सहायक महाप्रवन्धक शम्भु सुवेदीले बताए । उनले मेला अवधिभर निशान ब्राण्डका सम्पूर्ण मोडेलका सवारीहरु एकै थलोबाट खरिद गर्ने अवसर सवारी धनीलाई रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप