फोर्स मोटर्स भैरहवामा
भैरहवा - सिद्धार्थ विश्वज्योती मल्टीपर्पोज कम्पनीले फोर्स मोटर्सका “चाईल्ड बस ट्रयाकिङ्ग” सहितको सुविधा रहेको अत्याधुनिक स्कूल बस बिक्रिको लागी ल्याएको छ । विविध कारणले असुरक्षा बढी रहेको समयमा जिपियस माध्यमबाट स्कूल बस कहा रहेको यस प्रविधिबाट सजिलै जान्न सकिने छ । यस अतिरिक्त फोर्स मोटर्सकै १४ देखी ३८ सीट क्षमता सम्मका अत्याधुनिक ट्राभल्स बस, १३ सीट क्षमताको ट्रैक्स क्रुजर डिलक्स जिप पनि बिक्रिको लागी खुल्ला भएको कम्पनीका अध्यक्ष दिनेश मान अमात्यले बताए । प्रालीले शनिबार एक कार्यक्रमका बिच यी मोटरहरुको आधिकारीक बिक्री शुरु गरेको छ । भैरहवाको नारायण पथमा रहेको फोर्स मोटर्सको आधिकारीक डिलर मल्टी पर्पोजले फोर्सका गाडी खरिद गरे बापत ३ रात ४ दिन बिताउने गरि १ जनालाई बैंकक टुरको समेत स्किम रहेको जानकारी दिएको छ । मर्सडिज बेन्जको इन्जिन रहेको फोर्स मोटर्सका उत्पादनहरु कम तेल खपत गर्ने, पहाड तथा तराईमा उत्तिकै महत्वपूर्ण रहेका छन । यसका साथै यसमा एन्टी ब्रेक लकिङ्ग सेवा समेत रहेको अमात्यले बताए । फोर्स मोटर्सले भैरहवा बाहेक बुटवल, धनगढी, दाङ्ग लगायतका स्थानबाट समेत एकै साथ बिक्रि शुरु गरेको छ । साथै यी सबै स्थानमा आधुनिक सर्विस सेन्टरमा दक्ष मेकनिकबाट सर्विसिङ्ग सुविधा समेत प्रदान गरिने अमात्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण