संवैधानिक परिषद् बैठकः बैठक बिनानिष्कर्ष टुङ्गियो
आइतबार, २८ चैत २०७२, ११ : ३९
काठमाडौँ - भावी प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्न बसेको आजको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सभामुख ओनसरी घर्ती बिरामी भएर अस्पतालमा भर्ना हुनु भएकाले निर्णय हुन नसकेको जानकारी दिए ।
अर्को बैठक आजै साँझ ५ः३० बजे बस्ने जनाइएको छ । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । उहाँपछि वरिष्ठतम न्यायाधीश सुशीला कार्की सो जिम्मेवारी पाउने क्रममा रहनुभएको छ ।
नेपालको संविधानानुसार परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण