भद्रकालीमा नयाँ शक्तिको धर्ना (फोटोफिचर)
आइतबार, २८ चैत २०७२, ११ : ५८
काठमाडौं– नयाँ शक्ति नेपालले भ्रष्टचार र कालोबजारीका विरुद्ध आज भद्रकालीमा धर्ना दिएको छ । भूकम्पपीडितलाई राहत र पूननिर्माणलाई तिव्रता दिन माग गर्दै नयाँ शक्तिले आज काठमाडौंमा सांकेतिक धर्ना दिएको हो ।
काठमाडौंको भद्रकालीमा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईको नेतृत्वमा विहान १० देखि १२ बजेसम्म धर्ना दिइएको थियो ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले मधेशको समस्या मधेशको मात्र नभई राष्ट्रिय समस्या भएको बताए । उनले मधेशमा अर्को आन्दोलनको अबस्था आउनुभन्दा अगाडि नै राज्यले अहिलेको समस्या सम्बोधन गर्नुपर्ने बताए ।
त्यसैगरी उनले सवै समुदायलाई एकताबद्ध बनाएर राष्ट्रिय एकताको वातवरण बनाउनुपर्ने बताए । यसबाहेक आफ्नो सम्बोधनमा उनले कालोबजारी बन्द हुनुपर्ने, सरकार यसका लागि गंभीर भएर लाग्नुपर्ने, भूकम्पपीडितलाई तत्काल राहत दिनुपर्ने तथा छिटो पूननिर्माणको काम अगाडि बढाउन माग गरे ।
धर्नामा बसेका नयाँ शक्ति नेपालका नेता एव्म अभियान्ताहरुले ‘राष्ट्रिय एकता कायम गरौँ, कालोबजारी अन्त्य गर, भूकम्पपीडतलाई तत्काल राहत दिउ, महिला हिंसा अन्त्य गर, भ्रष्टचारीलाई कारवाही गर, दैनिक उपभोग्य वस्तु सहज पार, मधेश आन्दोलनका जायज माग पूरा गर, पूननिर्माणको काम छिटो गर’ लगायतका नारा लगाएका थिए । धर्नामा बसेकाहरुले विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए ।
नयाँ शक्तिले आफ्नो पाँच ‘स’ सम्बन्धी अवधारणालाई प्रष्ट पार्न, भूकम्पपीडितको पीडा सम्बोधन गर्न, विभिन्न तह र तप्कामा भैरहेको भ्रष्टाचार कालोबजारी तथा महँगीका विरुद्ध दवाव दिन विशेष धर्ना कार्यक्रम आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण