समाजसेवा गर्दागर्दै सुकुम्वासी !
संवत् २०४७ सालमा रिडी रुद्रवेणी बाटो नखुल्दै गुल्मीको क्षेत्र नम्बर १ मा सामान ढुवानी गर्न रिडीबाट बलेटक्सार निस्केर फेरि उल्लिखोला ट्याक्टर जान्थे । बलेटक्सारबाट २० किलोमिटर पुग्न ट्याक्टरलाई तीन दिन लाग्थ्यो । उसबेला उल्लिखोलामा ट्याक्टरबाट कर उठाउने र त्यसबाट सडक मर्मत गर्ने ठेक्का लिएका थिए– तीर्थ खरेलले । ठेकेदार खरेल भए पनि सुपरभाइजरका रूपमा काम गर्थे गुल्मी रूपाकोटका युवा कृष्ण भण्डारी । सुपरभाइजर भण्डारीको कामबाट प्रभावित व्यापारीले त्यो ठेक्का पनि उनलाई नै दिए । ०४८ सालदेखि उनले ठेक्का लिएर सडक मर्मतको काम सुरु गरे । त्योमात्रै होइन, अप्ठ्यारो बाटो परिवर्तन गरेर रिडीदेखि सिधै रुद्रवेणी हुँदै वामीसम्म पु¥याउने बाटोमा सवारी चल्न सक्ने बनाउन पनि उनीहरूले भण्डारीलाई नै जिम्मा दिए । ‘पहिला प्रतिट्याक्टरको एक ट्रिपको कर ७५ रुपैयाँ थियो, ०४८ मा उहाँहरूले नै सय रुपैयाँ बनाइदिनुभयो,’ भण्डारी उतिबेलाको खुसी सम्झन्छन् ‘काम गरिरहँदा अप्ठ्यारो बाटो छाडेर रिडीबाट रुद्रवेणी हुँदै ट्याक्टर चलाउनुपर्यो भन्नुभयो । म कस्सिएँ ।’ त्यतिबेला बुटवलबाट सिधै गुल्मीको व्यापारिक केन्द्र रिडी हुँदै गुल्मीको क्षेत्र नं १ हुँदै बाग्लुङको ३ नम्बर क्षेत्रका दर्जनांै गाविस जोड्ने रिडी–रुद्रवेणी–वामीटक्सार–बुर्तिबाङ सडकको भर्खर रेखांकन हुँदै थियो । स्थानीय निकायको धेर–थोर पैसाबाट खन्न लागेको उक्त सडकमा जिप चल्न सक्ने बनाउन भण्डारीले निकै पहल गरे । रिडीदेखि वामीसम्म जिप त चलाए तर त्यही बाटो खन्दाखन्दै उनी आफू भने टाट पल्टिए । जनताको काम गर्दा आफू लाखौं ऋणमा चुर्लुम्म डुबेको आफ्नो कथा उनी यसरी बताउँछन् :
मजदुरकी श्रीमतीलाई बोकेर उपचार गर्न लगेपछि जिप चलाउने योजना ०५१ सालमा मैले दसंैको सडक मर्मत गराउँदै थिएँ । मेरा भरपर्दा मजदुरकी श्रीमती सीता ढेंगालाई सुत्केरी व्यथा लाग्यो । डाक्टरले बिहान चार बजेदेखि प्रयास गरेर नसकेपछि साँझ पाँच बजे पाल्पाका लागि रेफर गर्नु– ढकबहादुर डाक्टरले । बिरामी बोक्ने मान्छे पाइएनन् । मेरो घर बनाउने मजदुरलाई भनेर बोलाएर हिँडे । आफैं पनि बोकेर काँधका छाला खुइलेर रित्तै । पाल्पा पुगेर जब उनको डेलिभरि गराइयो, मैले सोचेँ ‘आज त म थिएँ र उनी सकुशल रहिन् । तर, अरू भएको भए के गर्ने होला ?’ बुटवलमा जिप चलाइरहेका वेदप्रसाद गैरेलाई फोन गरेर बोलाएँ । अनि गुल्मीमा पनि जिप चलाउने सहमति भयो । जिप चलाउनका लागि रिडीदेखि वामीसम्मै मैले जिम्मा लिएर मर्मतको काम गरें २०५१ सालमा । जनताले र सरकारले बजेट दिएर काम गरेका त थिए । तर, गाडी गुड्न सक्ने थिएन । एक्लो पहलमा दुई वर्षमा जिप, चार वर्षमा बस त्यसपछि २०५१ मा सुरु गरेको बाटो २०५३ मारुपाकोटको सोतासम्म जिप चल्न सक्ने भयो । तत्कालीन जिविस सभापति परमानन्द भण्डारीलाई ल्याएर उद्घाटन गरियो । तर, वामीतिरको मान्छेले यता पनि जिप चल्ने बाटो बनाउनुपर्छ भनेर लाग्नुभयो । २०५५ कात्तिकतिर रुद्रवेणीमा पक्की पुल बन्यो । पुल बनेपछि रिडीबाट सिधै बस चल्न सक्ने भयो र २०५५ सालको मंसिर २३ गते मैले खनेको बाटोमा खैरेनीसम्म बस उद्घाटन गरियो । तत्कालीन सांसद रामनाथ ढकाललाई बोलाएर उद्घाटन गरियो । अझै ०५५ फागुन ७ गते वामीसम्म ४० किलोमिटर बाटो बनाएर जिप चलाइयो । जिप पुगेपछि ४० हजारको नोटको माला रिडीबाट खैरेनी बस र खैरेनीबाट बाट वामीसम्म जिप चल्ने भएपछि बाग्लुङ–बुर्तिबाङतिरका मान्छेलाई सजिलो भयो । ०५५ सालमा भुवाचिदीसम्म बस पु¥याउन नसके म कसैको घरभित्र पस्दिनँ भनेर प्रतिज्ञा गरी बाटोमै काम बाटोमै सुत्ने, बाटोमै बसेर काम गरें । ०५७ चैत १५ गते मैले भुवाचिदी बस लैजाँदा हजारौं जनताले स्वागत गर्नुभयो । मलाई ४० हजारको माला लगाइदिनुभयो । बस र जिपको लडाइँले बाटो खन्ने टाट जिप सञ्चालकले २० लाख रुपैयाँ हामीले दिन्छौं, तपाईंले चोरकाटेबाट अगाडि ठूलो बाटो नबनाइदिनुस् भनेर मलाई भन्नुभयो । तर मैले उहाँहरूलाई तपाईं हिउँदमा जिप बाग्लुङतिर चलाउनुस् र बर्खामा यता चलाउनुस्, हिउँदमा यता बस चलाउँ भनेर प्रस्ताव राखेर काम गरें । त्यसपछिपछि बस चल्न थालेपछि जिप र ट्याक्टरवाला मसँग रिसाए । उनीहरूले कर तिर्न छाडेपछि काम गर्न अप्ठ्यारो भयो । उतिखेर जनताका लागि भनेर अन्धाधुन्ध काम गरियो । धेरै उठेको करबाट वर्षमा आठ लाख उठ्थ्यो । २०५७ चैत १५ मा गाडी पु¥याइयो । ट्रकले माल बोकेर भुवाचिदी पु¥याए । जनतालाई सुविधा भए पनि कर तिर्ने ट्याक्टर, जिप र बसले कर नदिएपछि ०५८ र ०५९ सालमा मैले ऋण खोजेर चलाएँ । ०५९ फागुन २० गते बस व्यवसायीले पनि घोषणा नै गरेर कर नतिर्ने भने । तर, पछि बाटो मर्मत गर्न कोही नभएपछि समस्या भए पनि फेरि पश्चिम नेपाल बस व्यवसायी समितिले आफैं अनुरोध गरेर बाटो बनाउन लगाए । ट्रकले एक वर्षको पैसा दिएन । त्यसपछि दुई वर्षको कर उठाउँदै तिर्दै गरेर काम गरियो । फलानोले धेरै उठाउने भयो भनेर आलोचना भए पनि जिल्ला विकास समितिले सम्म पनि आफैँ ढाँट राखेर कर उठाउन थाल्यो । तर, ठेकेदार घाटामा गएपछि ठेक्का लिन मानेनन् अनि जिविसले आफैं कर्मचारी राखेर उठाउन थाल्यो । जेथा बेचेर ९ लाख ३० हजार तिरे पनि १३ लाख ऋण बाँकी त्यसपछि मेरा समस्याका दिन सुरु भए । ऋण खोजेर मजदुरलाई तिरेको थिएँ । कर नउठेपछि व्यापारीको ऋण तिर्न पैसा भएन । अनि बाटो खन्दाखन्दै ऋण लागेपछि मैले ०६० मा तीन लाख ४० हजार बेलारुस ट्याक्टर बेचें । त्यसले एकछेउ पनि लागेन अनि घर चार लाख ८० हजारमा बेचें । खरबारी एक लाख १० हजारमा बेचेर ऋण तिरें । होटल र पसलले मलाई काम गर्दा रकम दिएका हुन् । जो जसकहाँबाट ऋण ल्याएँ उनीहरूलाई डुबाउन त भएन भनेर काम गरेर तिरें । तर, जायजेथा बेचेर पनि नपुगेपछि अहिले पनि १२/१३ लाख ऋण तिर्न बाँकी छ ।
छोराछोरी अरूले नै पढाइदिनुभयो ऋण लागेपछि समस्या भयो । छोराछोरी पढाउन पनि मुस्किल । छोराछोरीलाई दाजु मीनप्रसादले पढाइदिनुभयो । पोलारिस बोर्डिङ स्कुलले लामो समय पैसा नदिए पनि पढाइदियो । ठूलो सहयोग हो त्यो मेरा लागि । व्यापारीले चामल नदिएर छोराछोरी तीन दिन भोकै बसे ०५९ पछि व्यापारीले पाँच किलो चामलसमेत नतिरेर मेरा छोराछोरी भोकै बसे । उनले रुँदै भने, ‘श्रीमती बिरामी भएर बुटवल गएको थिएँ तर छोराछोरीलाई पैसा नदिएकाले तीन दिन भोकै बसेछन् ।’ पछि गाउँकी चपला आन्टीलेले चामल दिनुभएछ । तर पनि छोराछोरीले पकाएर खाएनछन् । त्यो थाहा पाउँदा साह्रै दुःख लाग्यो ।
माओवादीले पैसा उठाइदिन्छौँ भने तर मानिनँ द्वन्द्वकालमा माओवादी नेता सुदर्शन बरालले तपाईं जनताका लागि काम गर्दा मर्कामा पर्नुभएछ निवेदन दिनुहोस् हामी पैसा उठाइदिन्छौँ भन्नुभएको थियो तर मैले निवेदन दिइनँ ।
अहिले साहुमारा छु, भोलि पुनः समाजसेवा गर्छु अहिले मैले अरूका पैसा ल्याउने नतिर्ने गरेकाले बोल्ने नैतिक अधिकार छैन । साहुमाराबाट हट्ने दिन आयो भने म फेरि काम गर्छु । नेता हुने रहर छैन मलाई । पहिले सडक बनाउन स्वयम्सेवा गर्दागर्दै ऋण लागेपछि तिर्न नाफाका लागि काम गर्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण